विश्व बक्सिङ च्याम्पियनसिपको खुला छनोट प्रतियोगितामा अनिल बने पहिलो – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

विश्व बक्सिङ च्याम्पियनसिपको खुला छनोट प्रतियोगितामा अनिल बने पहिलो

नयाँ विकल्प, काठमाडौं

ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे ।

यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ केजीमा एचटुओका रविन थापा, ५७ केजीमा एपीएफका पूरन राई, ६३ केजीमा १३ औं सागका स्वर्णधारी नेपाल प्रहरीका भुपेन्द्र थापा मगर र ७१ केजीमा एपीएफका विकास लामा आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका थिए ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ आश्विन ४, २१: ५६

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ आश्विन ४, २१: ५६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ आश्विन ४, २१: ५६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...