साफ च्याम्पियनशिपमा माल्दिभ्सले श्रीलङ्कालाई हरायो – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

साफ च्याम्पियनशिपमा माल्दिभ्सले श्रीलङ्कालाई हरायो

नयाँ विकल्प,

काठमाडौं– साफ च्याम्पियनशिप फुटबलमा माल्दिभ्ससँग श्रीलङ्का हारेको छ ।

आइतवार माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भएको खेलमा माल्दिभ्सले श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले श्रीलङ्कालाई हराएको हो ।

खेलको छैटौँ मिनेटमा माल्दिभ्सका अलि अश्फाकले गरेको गोल नै निर्णायक बन्यो।

यो जितसँगै माल्दिभ्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

उसको तीन खेलमा ६ अङ्क छ । यो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ ।

माल्दिभ्स दोस्रो स्थानमा उक्लिएसँगै भारतसँगै नेपाललाई पनि केही कठिन हुने भएको छ ।

नेपाल अहिले दुई खेलमा छ अङ्कसहित शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार

लिग-२ क्रिकेट: रोहित पौडेलको सानदार शतकसँगै नेपालको विजयी सुरुआत, क्यानडा २४ रनले पराजित
लिग-२ क्रिकेट: रोहित पौडेलको सानदार शतकसँगै नेपालको विजयी सुरुआत, क्यानडा २४ रनले पराजित
  • २०७८ आश्विन २४, २१: ३०

काठमाडौँ — ओमानमा भइरहेको आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडामाथि २४ रनको रोमाञ्चक जित हात पारेको छ  ।...

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७८ आश्विन २४, २१: ३०

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७८ आश्विन २४, २१: ३०

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...