चैत्र ५ र ६ गते काठमाडौंमा जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ हुने – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

चैत्र ५ र ६ गते काठमाडौंमा जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ हुने

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने भएको हो ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३÷३ जना महिला÷पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने र विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका खेलकुद विभाग सह–संयोजक धर्मराज गिरीले गिरिजा प्रसाद कोइराला फाउण्डेशन नाफारहित स्वतन्त्र संस्था भएको बताउँदै खेलकुद विकासका लागि ब्यापक पहल गर्दै आएको दाबी गरे । गिरीले भोलिका दिनमा फाउण्डेशनसले खेलाडीहरुलाई अगाडी बढाउन प्रेरित गर्न र खेलबाट खेलाडीहरुले जीवन व्यतित गर्न सक्षम बनाउन फाउण्डेशनले गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने गर्न लागेको जानकारी दिए ।

जिपि फाउण्डेशन ७७ वटा जिल्ला र ७ प्रदेशमा रहेको भन्दै प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको उल्लेख गरे ।
फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमती प्रदेश संयोजक तुलसी थापा मगरले नेपाली राजनीतिकका शिखर पुरुष, महानायक, गणतन्त्रका पिता तथा पूर्व प्रधानमन्त्री स्वः गिरिजा प्रसाद कोइरालाको स्मरण, योगदान एवम् विचारलाई प्रबद्र्धन गर्ने, अमर बनाउने उद्देश्यका साथै देश प्रति गरेको योगदानलाई उच्च सम्मान गर्दै कार्यक्रमको आयोजना गरेको जानकारी दिइन् ।

संयोजक मगरले गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृती दिवसका अवसरमा जिपि फाउण्डेशन युवा तथा खेलकुद विभाग बाग्मती प्रदेश समितिको आयोजना तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको जानकारी दिइन् ।

सम्बन्धित समाचार

नेपालले क्यानडासँग खेल्दै
नेपालले क्यानडासँग खेल्दै
  • २०७८ फाल्गुन ३०, १३: १५

काठमाडौं : ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । अल अमरात क्रिकेट...

२०औं एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान
२०औं एसियन गेम्समा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान
  • २०७८ फाल्गुन ३०, १३: १५

काठमाडौं : सरकारले २०औं एसियन गेम्समा पदक जित्न सफल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ । खेलकुद विकास...

ओमानविरुद्ध नेपालको शानदार जित
ओमानविरुद्ध नेपालको शानदार जित
  • २०७८ फाल्गुन ३०, १३: १५

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लीग २ अन्तर्गत ‌‌ओमानमा जारी त्रिपक्षीय शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको छ ।...