भारतबाट नेपाली फुटबल टोली आज स्वदेश फर्कदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

भारतबाट नेपाली फुटबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टोली आज स्वदेश फर्कँदै छ । भारतको भुवनेश्वमा भएको प्रतियोगितामा फाइनलमा प्रवेश गर्नका लागि जीत हासिल गर्न नसकेको नेपाली टोली आज अपरान्ह नेपाल फर्कन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोली दिउँसो ४ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । सो प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

प्रतियोगिताभर नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो भने भारतसँग ८–० को फराकिलो अन्तरले हार ब्योहोरोको नेपालले बंगलादेशसँग भने १–१ को बराबरी खेलेको थियो ।

सो प्रतियोगितामा भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियो। उपाधिका लागि अब भारत र बंगलादेश भिड्ने भएका छन् ।

सम्बन्धित समाचार

व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
व्यावहारिक, प्रविधिमैत्री र नैतिक शिक्षामा जोड दिन मुख्यमन्त्री बानियाँको आग्रह
  • २०७९ श्रावण १९, १२: ०२

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान शिक्षा प्रणालीलाई विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)सँग जोडेर व्यावहारिक बनाउनुपर्ने बताएका...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
  • २०७९ श्रावण १९, १२: ०२

काठमाडौं : प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित...

विश्वकपको समूह चरण सकियो : ३२ टोली नकआउटमा, १६ देश बाहिरिए
विश्वकपको समूह चरण सकियो : ३२ टोली नकआउटमा, १६ देश बाहिरिए
  • २०७९ श्रावण १९, १२: ०२

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणको समूह चरणका खेल सम्पन्न हुँदा ३२ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्...