January 21, 2022, Friday

चट्याङ लागेर पाकिस्तानमा १४ को मृत्यु, तीनजना घाइते

एजेन्सी

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले आइतबार बताएका छन्।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पुर्‍याएको स्थानीय अधिकारीले बताएका छन्।

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले चट्याङका कारण सँगै रहेका दाजुभाईका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको एएफपीलाई बताएका थिए। मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका उनले पुष्टि गरे।

सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिंचाई गर्न र पानीको आपूर्ति पुरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष बर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ।

सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो। एएफपी

सम्बन्धित समाचार

जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
जापानमा ५–११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
  • २०७८ भाद्र २८, ०७: ५५: ५३

नयाँ विकल्प, जापान – जापानमा कोरोनाभाइरस विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको...

केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
केएमसी र नोबेल कलेजको ठगी बारे गृहमन्त्रालयमा छलफल
  • २०७८ भाद्र २८, ०७: ५५: ५३

नयाँ विकल्प, काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीहरुसँग क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा...

आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
आहा रारा गोल्डकपमा पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश
  • २०७८ भाद्र २८, ०७: ५५: ५३

नयाँ विकल्प, काठमाडौं – आहा रारा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । शुक्राबार पोखरा रंगशालामा भएको...