December 3, 2021, Friday

चट्याङ लागेर पाकिस्तानमा १४ को मृत्यु, तीनजना घाइते

एजेन्सी

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका अधिकारीहरुले आइतबार बताएका छन्।

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा भएको यो घटनाभन्दा पहिले उक्त क्षेत्रमा परेको मुसलधारे मनसुनी वर्षाका कारण ठाउठाउमा पहिरो जाँदा बुधबारदेखि धेरै क्षति पुर्‍याएको स्थानीय अधिकारीले बताएका छन्।

प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले चट्याङका कारण सँगै रहेका दाजुभाईका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको एएफपीलाई बताएका थिए। मृतकहरूमा पाँच जना केटाकेटी र चार जना महिला रहेका उनले पुष्टि गरे।

सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुन भारतीय उपमहाद्वीपभरि बाली सिंचाई गर्न र पानीको आपूर्ति पुरा गर्न अत्यावश्यक छ, तर प्रत्येक वर्ष बर्षासँगै आउने बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण भारत, पाकिस्तान लगायतका एशियाली मुलुकमा ठूलो मानवीय तथा भौतिक क्षति हुने गरेको छ।

सन् २०१९ को नोभेम्बरमा भएको यस्तै घटनामा पाकिस्तानको थार मरुभूमिमा चट्याङका कारण करिब १८ जनाको मृत्यु भएको थियो। एएफपी

सम्बन्धित समाचार

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
  • २०७८ भाद्र २८, ०७: ५५: ५३

नयाँ विकल्प, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा...

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७८ भाद्र २८, ०७: ५५: ५३

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै सतर्कता अपनाउन डब्लुएचओको आग्रह
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै सतर्कता अपनाउन डब्लुएचओको आग्रह
  • २०७८ भाद्र २८, ०७: ५५: ५३

नयाँ विकल्प, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन...