December 3, 2021, Friday

भदाै २४ गते सम्मकालागि उपत्यकामा निषेधाज्ञा थपियाे

नयाँ विकल्प,

काठमाडौं- काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अबधि एक हप्ता थपिएको छ । उपत्यकामा काेराेना संक्रमितकाे सख्या बढदै गएपछि गत भदाैं ३ देखि निषेधाज्ञा जारि गरिएकाे थियाे । काठमाडाैं भक्तपुर ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन ।

गत भदाै १० गते एक हप्ताकालागि थपिएकाे निषेधाज्ञा बुधबार राती १२ बजेदेखि सकिदै थियाे । निषेधाज्ञा सकिनु पूर्व उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त रूपमा पुन भदाै २४ गते सम्मका लागि लागु हुने गरि निषेधाज्ञा थपिएकाे काठमाडाै जिल्ला प्रशासन कार्यालय स्राेतले पुष्टि गरेकाे छ ।।

निषेधाज्ञा-लक डाउन बारे मापडण्ड तय

सरकारले ५ सय बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सकिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाले निषेधाज्ञा जारी गर्न सक्ने जानकारी गराएका छन्।

साथै, २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूले लकडाउन गर्न सक्ने भनिएको छ।अहिले १२ वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

जसमा काठमाडौं, ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन्।त्यस्तै २ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरू ६ वटा छन्।

जसमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली छन्। सबभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा छन्। काठमाडौंमा झन्डै ५ हजार जना सक्रिय संक्रमित छन्।

सम्बन्धित समाचार

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
  • २०७७ भाद्र १७, १६: ५८: ०५

नयाँ विकल्प, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा...

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७७ भाद्र १७, १६: ५८: ०५

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै सतर्कता अपनाउन डब्लुएचओको आग्रह
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै सतर्कता अपनाउन डब्लुएचओको आग्रह
  • २०७७ भाद्र १७, १६: ५८: ०५

नयाँ विकल्प, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन...