December 8, 2021, Wednesday

मन्त्रीलाई सुरक्षा गार्डले माफ गर्नुस म्याडम जी भनेपछि…

काठमाडौं । आफुले लेखेको किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई गार्ड सुटिङस्थलमा प्रवेश गर्न नदिएपछि रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किएकी छन् ।

कपिल र उनको प्रोडक्सनका टीमलाई हल्लाखल्ला मच्चिएपछि मात्र थाह भएको थियो । गार्डले मन्त्री इरानीसंग माफ गर्नुस म्याडम भित्र जान सक्नु हुन्न भनेपछि मन्त्री फर्किएकी थिइन् ।

प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्न असाध्यै धेरै कोसिस गरे पनि अन्ततः सुटिङ नै रद्द गर्नुपर्यो । स्रोतका अनुसार केन्द्रीय मन्त्री, ड्राइभर र दुई जनाको समूहमा शोको सुटिङका लागि बेलुकी कपिल शर्माको सेटमा पुगेकी थिइन् ।

प्रवेश द्वारमा सुरक्षाकर्मी अन्नाले उनलाई चिन्न सकेनन् र प्रवेशमा रोक लगाएका थिए । स्मृतिले ती सुरक्षाकर्मीलाई सुटिङका लागि निम्तो दिइएको जानकारी दिइन् तर यसबारे सुरक्षाकर्मीले थाह नभएको बताए । स्मृतिले सुरक्षाकर्मीलाई सम्झाइन तर उनले मानेनन् ।

अन्ततः रिसाएर स्मृति इरानी सुटिङ नगरिकनै फिर्ता भइन् । आफूले मन्त्रीलाई नै रोकेको भन्ने सुरक्षाकर्मीले थाहा पाएपछि त्यहाँबाट भागेका छन् । र आफ्नो फोनसमेत बन्द गरेका छन् ।लाख कोशिस गर्दा पनि स्मृति इरानी सुटिङमा फर्किनन् ।

सम्बन्धित समाचार

एमाले र गैंडा एउटै होः भट्टराई
एमाले र गैंडा एउटै होः भट्टराई
  • २०७८ मंसिर ८, १२: ३४: ०८

चितवन । जंगली जनावर गैंडा र एमाले प्रवृत्ति समान रहेको नेकपा एमाले सचिव योगेश भट्टराईले बताएका छन् । जाइलाग्नेलाई नछाड्ने...

रेखा थापालाई पराजित गर्दै कुन्तीले मारिन् बाजी
रेखा थापालाई पराजित गर्दै कुन्तीले मारिन् बाजी
  • २०७८ मंसिर ८, १२: ३४: ०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाहीले रेखा थापालाई पराजित गरेकी छन् । कुन्ती २००८ मत ल्याएर विजयी...

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७८ मंसिर ८, १२: ३४: ०८

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...