December 8, 2021, Wednesday

चलचित्र ‘बाह्रमासे’को सुभारम्भ

काठमाडौं । चलचित्र ‘बाह्रमासे’को सुभासाईत सँगै छायाँकन सुरु भएको छ । बिहिबार काभ्रेको नालामा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यतामा मुर्हत गरिएको हो । बाह्रमासेको कथा ससक्त र शैली हास्य भएकाले यसले दर्शकको मन जित्ने उत्तम केसीले बताए ।
यो चलचित्रमा जयकिसन वस्नेत, पुजना प्रधान, दिलिप रायमामी, पुरन थापा, प्रदीप पाठक, वल्छी धुर्वे, सीपी पुडासैनी, सुरविर पंडित, रोमा विष्ट, शारदा गिरी, सुनिल सैजु, मोहन वझगाई, पर्दिप तिमिलसेना, विपन कार्की, आसिस श्रर्मालगायतका कलाकारको अभिनय रहेने छ ।
चलचित्रको छायाँकन शुक्रबारबाट काभ्रेदेखि सुरु भएको छ । लय संग्रौला निर्देशित ‘बाह्रमासे’लाई प्रदिप पाठकले निर्माण गर्न लागेका हुन् । कमेडी जनराको यो चलचित्रमा बासु न्यौपानेको छायाँकन, किरण गहालको द्वन्द्व, कल्याण सिंहको सङ्गीत, विक्रम स्वारको नृत्य, पैसा घिमिरेको श्रृगार रहेने निर्देशक लय सँग्रौलाले जानकारी गराए ।

सम्बन्धित समाचार

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री
  • २०७४ मंसिर ४, ०९: ४६: ४२

नयाँ विकल्प, काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले...

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला
‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्ला
  • २०७४ मंसिर ४, ०९: ४६: ४२

नयाँ विकल्प, काठमाडौं । कोरोनाका कारण स्थगित भएका सौँदर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तै युवाहरुको सहभागीता...

फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने
फिल्म ‘मन्त्र’ २८ माघमा दर्शनमा आउने
  • २०७४ मंसिर ४, ०९: ४६: ४२

नया विकल्प, काठमाडौं – फिल्म ‘मन्त्र’ २८ माघमा प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार सौगात...