काठमाडौं । चलचित्र ‘नेप्टे’को निर्माण पक्षले सोमबार राजधानीमा एउटा गीतको भिडियो सार्वजनिक गरेको छ । ओम सुनारको संगीत, ओम र सावित्री जोशीको स्वर रहेको गीत सुपाडी काँचो…को भिडियो रिलिज गरिएको हो । गीतको नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन् ।
यो फिल्मलाई आगामी ३० चैतमा रिलिजको घोषणा गरिएको छ । देवकुमार श्रेष्ठले निर्देशन गरेका नेप्टेमा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ ।
रोहित रुम्बाले निर्माण गरेको यो फिल्म नाक नेप्टो भएकाहरुलाई समाजमा हेर्ने दृष्टीकोणमाथि यो चलचित्र तयार भएको अभिनेता रुम्बाले बताए । यो चलचित्रको छायाँकन हरि लामाले, सम्पादन तारा थापा ‘किम्ले’ले र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका हुन् ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...