काठमाडौं । अग्रज गायक एवँ सँगीतकार रमेश ताम्राकारको ६७ वर्षको उमेरमा बिहिबार राती हृदयघाटबाट निधन भयो । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को पूर्व महाप्रबन्धक समेत रहेका ताम्राकारको शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । परिवकारमा उनका दुई छोरा र श्रीमती छिन् ।
शनिबार बिहान उनको पार्थिब शरीरलाई काठमाडौंका नाचघरमा राखिएको थियो । उनलाई त्यहाँ पुगेर विभिन्न सँगीतकर्मीहरुले श्रद्धाञ्जली दिए । २०४७ देखि २०५१ सालसम्म सांस्कृतिक संस्थानका महाप्रबन्धक भएर सेवा गरेका गायक एवँ सँगीतकार रमेश ताम्राकार अर्थ मन्त्रालयको अधिकृतहुँदै संस्थान समन्वय माहाशाखाको सँयोजक समेत भएका थिए ।
अग्रज गायक ताम्राकारका चर्चित गीतहरुमा सुन्दर बिहानी आउँछ…, बाँच्न जन्मेको नेपाली म…, सुन्दर बिहानी आउँछ…, हलिया मेला…, आज र मैले…, जीन्दगीको पाना…, मैले आँखाको भाका बुझिन…, सलल त्रिशुलीमा जालै हानुँ की… लगायत धेरै छन् ।
१९ असोज २००७ सालमा काठमाडौंमा जन्मिएका ताम्राकार नेपाली तथा नेवारी गीतसँगीतका लोकप्रिय कलाकार मानिन्छन् । अग्रज संगीतकार शिबशँकर, शम्भुजीत बासकोटा, गणेश रसिक, प्रविण गुरुङ लगायत विभिन्न सँगीतकारको सृजनामा गीत गाएका ताम्राकारले पनि कैयौं गीतमा सँगीत गरेका थिए ।
उनको नेवारी चर्चित गीतहरु पनि त्यत्तिकै छन् । जस मध्य राजमति कुमति…, ओछु गल्ली थोछु गल्ली… लगायत पर्दछन् । बालकृष्ण सजिब, दुर्गालास श्रेष्ठ, गणेश रसिक, राजेन्द्र रिजाल जस्ता अग्रज गीतकारका उनी मन परेका गायक एवँ सँगीतकार थिए ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...