काठमाडौं । मँगलबार राजधानीमा एक समारोहबीच निर्माता निर्देशक पुरन थापाको चलचित्र फेरी फेरीको मुहुर्त गरिएको छ । मुर्हुतमा अभिनेत्री ऋचा शर्मासँगै अभिनेताद्धय अर्पण थापा र धर्मेन्द्र आचार्यले मुर्हत सट दिए ।
चलचित्र फेरी फेरी हाँस्य प्रधान रहेको यसका निर्देशक पुरन थापाले जानकारी गराए । १८ माघबाट सुटिङ सुरु हुने फेरि फेरि अत्याधुनीक प्रबिधिको ‘रेड इपिक ऐट के’ क्यामेराबाट छायाँकन गर्न लागिएको पनि निर्देशक थापाले बताए ।
चलचित्र फेरि फेरिमा अर्पण थापा, ऋचा शर्मा, बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय रहने पनि निर्देशक थापाले बताए ।
निरज थापा निर्माता गर्ने यो चलचित्रको छाया“कारमा सुरेश बज्रचार्य, द्धन्द्ध निर्देशकमा एनबी महर्जनको द्धन्द्ध, नृत्य निर्देशकमा रामजी लामीछाने र सुरेन्द्र बसेल, स“गीतकारमा बिकास चौधरी र पुरन थापा रहने छन् ।
चलचित्र बिकाश बोर्डको पहिलो महिला अध्यक्ष भएको भन्दै फेरि–फेरिको मुहुर्त समारोहमा बिकाश बोर्डकी अध्यक्ष निकिता पौडेललाई निर्माण टिमले सम्मान गरियो ।
मुहुर्त समारोहमा बोल्दै चलचित्र विकाश बोर्डका अध्यक्ष निकिता पौडेलले र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पुरनले बिगतका राम्रो काम गरेकाले फेरी फेरी पनि सफल चलचित्र बन्ने विश्वास व्यक्त गरे ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...