फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक

काठमाडौं : दयाहाङ राई अभिनित फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युटुबमार्फत फिल्मको टिजरलाई रिलिज गरेको हो।माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको छ  ।

टिजरमा फिल्मका मुख्य कलाकारलाई अटाइएको छ। जहाँ बुबा र छोरीको इमोस्नल सम्बन्ध प्रस्तुत गरिएको छ भने आमाको अभाव खट्काइएको छ।आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथालाई निर्देशक यम शेर्पाले प्रस्तुत गरेका छन्। निर्देशक कै कथा रहेको यस फिल्ममा दयाहाङ राई,बाल गायिका शाइसा गौचनका अलवा अन्य कलाकार रहेका छन्।

बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन् । यसका लागि उनी स्कुलमा काम गर्छन् । छोरीले जानअनजानमा नै आमाको अभावको महसुस गरिरहेकी छन् । यो दयाहाङले पनि महसुस गरेका छन् ।सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन् । उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ । दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने सिनेमाको संवाद र दृश्यले देखाएको छ । टिजरको अधिकांश समय दयाहाङ राईले अकुपाइ गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका रोहित कट्टेल रहेका छन्। उनी यस फिल्मको वितरक समेत हुन्। वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०८२ मंसिर १९, २०: २८

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८२ मंसिर १९, २०: २८

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ को नेतृत्वमा अभिमुखीकरण तथा वार्षिक योजना कार्यक्रम सम्पन्न
  • २०८२ मंसिर १९, २०: २८

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...