‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

‘रोल नं १’ आजदेखि प्रदर्शनमा, देशभर १५० हाराहारी शो

काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्माता पौडेलको नयाँ चलचित्रप्रति दर्शकमाझ उत्साह देखिएको छ ।

जोन योञ्जन को निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।

चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । चलचित्रको कथा तथा पटकथा महेश दवाडी ले लेखेका हुन् । डीओपीको जिम्मेवारी शिवराम श्रेष्ठ ले सम्हालेका छन् ।

सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यससँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले सहज रूपमा हेर्न सक्ने भएका छन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले  काठमाडौंमा १६ र उपत्यकाबाहिर दमौलीबाहेक १९ शो उपलब्ध गराएको छ । त्यस्तै, INI Cinemas ले आफ्ना ६ चेनमार्फत १८ शो दिएको छ । वान सिनेमाजले ५ तथा बिग मुभिजले ४ शो दिएका छन् । चलचित्रले देशभर करिब १५० शो पाएको बताइएको छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८३ जेष्ठ १५, ०९: ३४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०८३ जेष्ठ १५, ०९: ३४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८३ जेष्ठ १५, ०९: ३४

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...