“कृ” शनिबारदेखि देशव्यापी हाउसफुल, दुई दिनमा ३ करोडको व्यापार – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

“कृ” शनिबारदेखि देशव्यापी हाउसफुल, दुई दिनमा ३ करोडको व्यापार

काठमाडौं । चलचित्र ‘कृ’ले शुक्रबार र शनिबार गरेर करिब तीन करोडको व्यापार गरेको छ । यो फिल्म शनिबार मुलुकका एक सय १८ ओटा सिनेमा हलमा अनुमानित दुई करोडाको व्यापार गरेको दाबी यसका निर्माता एवँ वितरक पक्षको छ । फिल्म प्रदर्शनको पहिलो दिन शुक्रबार एक करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।

रिलिजको दोश्रो दिन शनिबार देशभरका हलमा आक्रामक व्यापार गरेको हो । काठमाडौमा चलचित्रको व्यापार बम्पर छ । काठमाडौका क्यूएफएक्स, बीग मुभिज, एफक्यूब, बीएसआर जस्ता मल्टिप्लेक्स हलमा पनि चलचित्र दिनभरी नै हाउसफुल रह्यो । काठमाडौ बाहिर पनि चलचित्रको व्यापार आक्रामक रहेको वितरक र निर्माता सुवास गिरीले बताएका छन् । काठमाडौ बाहिरका पोखरा, चितवन, वुटवल, नेपालगञ्ज, इटहरी, विर्तामोड, धरान, दमक, हेटौडाका सबै हलमा कृ शनिबार हाउसफुल भएको यी हल सञ्चालकले बताएका छन् ।

काठमाडौका सिंगल र मल्टिप्लेक्स हल पनि शनिबार बिहानैदेखि हाउसफुल देखियो । चाबहिल स्थित गोपिकृष्ण मुभिजमा बिहानी शोमा चार ओटा हल हाउफूल भएको सो हलका प्रबन्धक तिर्थ पौडेलले बताए । यस्तै दिउँसो २ बजेको शोमा गोपिकृष्णका ६ वटा पर्दा हाउसफूले भएको पनि उनले बताए । नेपाली चलचित्र पहिलो पटक एकसाथ ६ वटा पर्दामा हाउसफुल भएको यो नै पहिलो सफलत हो भन्ने जानकारी पौडेलले गराए । उनका अनुसार हिन्दी ‘प्याडम्यान’लाई समेत गोपिकृष्ण मुभिजको कृष्ण हलबाट ‘कृ’ले विस्थापित गरिदिएको छ ।

कृको भिड शनिबार काठमाडौको बालाजु स्थित अष्टनारायण हलमा पनि त्यस्तै देखियो । बिहानी शोदेखि रात्रीकालिन शोसम्म चार वटै पर्दामा ‘कृ’ हाउसफूल भएको सो हलका सञ्चालक त्रिरत्न मानन्धरले बताए । यो बाहेक काठमाडौंको कलँकी सिनेका हल पनि फुल भएको थियो । राजधानीको गुण, बाराही, गँगा, जस्ता सिनेमा हलमा पनि कृमा दर्शकको सत प्रतिसत उपस्थिति देखियो ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ माघ २९, ०९: ०१

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ माघ २९, ०९: ०१

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ माघ २९, ०९: ०१

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...