यस्तो देखियो अनमोलको फ्यान क्रेज – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

यस्तो देखियो अनमोलको फ्यान क्रेज

अनमोललाई दर्शकले कतिसम्म रुचाउँछन भन्ने दृष्य शनिबार काठमाडौंमा देख्न पाईयो । शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण हलमा पुगेका अभिनेता अनमोल केसीलाई सुरक्षा दिन प्रहरी मात्र हैन, उनका नीजि अँगरक्षकलाई पनि हम्मे हम्मे प¥यो । त्यहाँ उर्लेका दर्शकको भीडबाट उनलाई जोगाउन गाह्रो परेको हो ।

अनमोललाई एक पटक छुनको लागि मात्र युवतहरुबीच रुवाबासी भएको थियो,‘आई लभ यु अनमोल’ भन्दै युवतीहरु चिच्याएर रुँदा अनमोल स्वयँ छक्क परेका थिए । गोपिकृष्ण हलको प्राँगनमा गाडी भित्र रहेका अनमोललाई गाडीको ढोका खोल्न नमिल्ने गरी प्रसँसकले थिचेका थिए । आफु चढेको गाडीमै प्रसँसक चढेपछि अनमोल बाहिर निस्किए ।

उनले केही प्रसँसकसँग हात मिलाए । केहीलाई अटोग्राफ दिए । अनि भिडमा पेलिँदै हलको बालकोनीमा गए । प्राँगनमा रहेका दर्शकलाई अभिवादन सहित सम्बोधन गर्दै अनमोलले भने,‘ कृ हेरेर मन पराईदिनु भएकोमा धन्यबाद । आउनुहोस् हामी सबै मिलेर राष्ट्रियताको बिषयमा ऐक्यवद्धता जनाउ ।’

आफू र नेपाली चलचित्रलाई माया गरिदिएको भन्दै अनमोलले सबै फ्यानलाई धन्यवाद  दिए । उनले, आफ्नो कामका कारण दर्शकले आफूलाई यति धेरै माया गरेको हुनसक्ने बताए । अनमोलले जब दर्शकलाई ईसारा गर्दै राष्ट्रिय गान गाए । गोपिकृष्णको प्रसँगनमा रहेका सबै दर्शकले उनीसँग राष्ट्रगान गाए । अनमोलसँगै यो चलचित्रकी अभिनेत्री अदिती बुढाथोकी पनि हलमा पुगेकी थिईन् । उनले पनि आफ्नो सिनेमा रुचाई दिएकोमा दर्शकलाई धन्यबाद ज्ञापन गरिन् ।

शनिबार नै गोपिकृष्ण हलबाट काठमाडौकै बालाजु स्थित अष्टनारायण हलमा पुग्दा उनको प्रसँसकको भीड पनि त्यस्तै देखियो । अनमोलले कृको मध्यान्तरमा अष्टनारायण हल भित्रै पसेर दर्शकलाई अभिवादन सहित धन्यबाद ज्ञापन गरे । यसरी अनमोल एक्कासी हलमा पुग्दा दर्शक ‘अनमोल अनमोल’ भनेर चिच्याए । त्यहाँ पनि युवतीहरु आई लभ यु अनमोल भन्न पछि परेनन् । चलचित्रले शनिबार देशभरी नै शत प्रतिशत व्यापार गरेको यसका वितरक समेत रहेका निमार्ता सुवास गिरीले शनिबार बेलुका नयाँ विकल्पलार्ई बताए । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र कृलाई सुवास गिरी र नायक भूवन केसीले निर्माण गरेका हुन् ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ माघ २९, ०९: ०६

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ माघ २९, ०९: ०६

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ माघ २९, ०९: ०६

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...