कल्पना श्रेष्ठ कल्पपुञ्जको सञ्जीवनी सार्वजनिक – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

कल्पना श्रेष्ठ कल्पपुञ्जको सञ्जीवनी सार्वजनिक

काठमाडौं । गीतकार, गजलकार तथा आख्यानकार कल्पना श्रेष्ठ कल्पपुञ्जद्वारा लिखित उपन्यास ‘सञ्जीवनी’ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरियो । वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्नेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौँ बहिरासंघका अध्यक्ष सत्यदेवी वाग्लेले गरेकी थिईन् ।

त्यस्तै वक्ता तथा समीक्षक त्रि.वि.का उप प्राध्यापक महेश पौडेल, प्रा. डा. रजनी ढकाल र समीक्षक तथा लेखक राम लोहनीलगायतले संयुक्त रुपमा सो उपन्यासको विमोचन गरे ।
पुस्तकमा आवाजविहीन बालिकाको बाल्यकालीन पीडानुभूतिदेखि वैवाहिक एवं राक्षसी यौनहिंसासम्मका विषय मूल रुपमा उठान गरिएको छ ।

पुस्तकका बारेमा बोल्दै प्रमुख अतिथि सत्यदेवी वाग्लेले भनिन् ‘सञ्जीवनी उपन्यास अपाङ्ग र अशक्तहरुलाई सक्षम बनाउन उत्प्रेरित गर्ने महत्वपूर्ण दस्तावेद हुन सक्छ ।’ आफैँ पनि आवाजविहीन हुनुभएकोले वाग्लेले दोभाषेको माध्यमबाट अभिव्यक्ति प्रस्तुत गरिन् । समाजमा हुने गरेका अपाङ्ग तथा महिलाहरुप्रति गरिने दुव्र्यवहारलाई यस उपन्यासमार्फत उजागर गरिएको छ । अपाङ्ग तथा असक्तहरुले पनि अवसर पाएमा सपाङ्गसरह नै सामाजिक काम गरी स्थापित हुन सक्छन् भन्ने सन्देश पनि उक्त पुस्तकले दिएको छ ।

यस कृतिमा अलिकति गाउँ र अलिकति शहरमा फुलेको सञ्जीवनीमा सम्वेदनशीलता, नारीजन्य अस्मिताचिन्तन र समाजबोधको सहज चित्रण भेटिन्छ । त्यस्तै कार्यक्रममा महेश पौडेल, प्रा.डा. रजनी ढकाल र समालोचक राम लोहनीलगायतले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरे । गीतकार तथा गजलकारका रुपमा स्थापित भइसकेकी कल्पना श्रेष्ठ कल्पपुञ्जको आख्यानको क्षेत्रमा दर्विलो उपस्थिति भएको उनीहरुले बताए ।

सो उपन्यास लेख्न बाल्यकालमा आफुले भेटेका बोल्न नसक्ने साथीहरुको पीडाले प्रेरित गरेको लेखक कल्पनाले कार्यक्रममा बताईन् । यस उपन्यासले पुरुषप्रधान समाजका पुरुष र नारीका असमान अवस्थिति बयान गरेको उनले जानकारी गराईन् । उनका अनुसार सो उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य रु. ३५० रहेको छ ।

आवाजविहीन तथा साहित्यीक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखी अक्षयकोष स्थापना गर्ने घोषणा गरी दुई लाखको चेक सोही समारोहमा कृतिकार कल्पना र उनका श्रीमान लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा साहित्यकार श्री गङ्गा पौडेललाई हस्तान्तरण समेत गरे ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ फाल्गुन ७, ०६: २९

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ फाल्गुन ७, ०६: २९

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ फाल्गुन ७, ०६: २९

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...