रुचाईयो पञ्जेबाजा, ६५ हलबाट प्रदर्शन – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

रुचाईयो पञ्जेबाजा, ६५ हलबाट प्रदर्शन

काठमाडौं । आधुनिक प्रेम कथामा आधारित चलचित्र पञ्जेबाजा शुक्रबारबाट देशव्यापी प्रदर्शनीमा आएको छ । चलचित्रको प्रचारका लागि देश दौडाहामा रहेको पञ्जेबाजा निर्माण पोखरा, बुटबल, नारायणघाट, हेटौंडा लगायतका शहरमा चलचित्रबारे विभिन्न कार्यक्रम गरेर बिहिबार काठमाडौं फर्किएको थियो ।

चलचित्रको प्रदर्शनसँगै शुक्रबार काठमाडौं प्रेस सो पनि गरियो । चलचित्रलाई सञ्चारकर्मी तथा समिक्षकले मन पराए । सिनेमाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । एउटा कलाकारको जीवनमा आउने आरोह अबरोहको कथा यो चलचित्रमा समेटिएको छ ।

चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । जसमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा शाक्यबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।
चलचित्रको बारे निर्माता शाहीले भने,‘चलचित्रको नाम पञ्जेबाजा भए पनि यसमा हामीले आधुनिक प्रेम कथा समेटेका छौं । हाँसो, द्धन्द्ध, पीडा, मिलन, बिछोड सबै पक्ष समेटिएको पञ्जेबाजा दर्शकका लागि नयाँ स्वाद हुनेमा हामी विश्वस्त छौं ।’

चलचित्र पञ्जेबाज शुक्रबारबाट काठमाडौं उपत्यकाका २० ओटा सिनेमा हल र मोफसलका ४५ गरी ६५ ओटा सिनेमा हलबाट प्रदर्शनमा आएको हो । यसले शुक्रबार ८० प्रतिसत र शनिबार सिनेमा हलमा हाउसफुल व्यापार गरेको थियो । चलचित्र पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । आफुहरुले एक वर्षसम्म स्क्रिप्टमा बसेर बल्ल चलचित्रको छायाँकन गरेको उनले बताए । निर्माता राजेश शाहले बिगतको सिनेमा भन्दा यसमा केही फरक गर्न खोजेको र आफुले पनि बिगतका सिनेमा भन्दा बिल्कुलै फरक काम गरेको पनि निर्देशक घनश्यामले दाबी गरे । हुन पनि उनल बिगतका काम भन्दा यसमा निकै राम्रो काम गरेका छन् ।

सारा गुरुङ सह निर्माता रहेको यो चलचित्रलाई पोखरा आसपासको सुन्दर दृष्यमा छायाँकन गरिएको हो । जसमा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, बिमला गिरी, देशभक्त खनाल, सविन बाँसतोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी सहितको अभिनय छ । पञ्जेबाजामा कालीप्रसाद बासकोटा र बिकाश चौधरीको संगीत, प्रदीप भारद्धाजको लेखन, हरि घले लामाको छायाँकन रहेको छ ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ फाल्गुन १४, ०८: १०

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ फाल्गुन १४, ०८: १०

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ फाल्गुन १४, ०८: १०

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...