एक करोड पटक हेरियो शत्रु गतेको ‘रुपै मोहनी’ – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

एक करोड पटक हेरियो शत्रु गतेको ‘रुपै मोहनी’

काठमाडौं । आगामी ९ चैतबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ’शत्रु गते’ मा रहेको गीत ’रुपै मोहनी‘’ लाई दर्शकले एक करोड पटक भन्दा बढी हेरेका छन् । २९ डिसेम्बर २०१७ मा युट्युब मार्फत सार्वजनिक गरिएको यो गीतलाई २२ फेब्रुअरीसम्ममा एक करोड भन्दा बढी पटक दर्शकले हेरेका हुन् ।

यो गीतको भ्युज एक करोड भन्दा बढी भएकोमा शत्रु गतेको युनिटले राजधानीमा एक समारोहमा केक काटेको खुसी साटेको छ । कार्यक्रममा निर्माता एवँ अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) सहित कलाकार दिपकराज गिरी, दीपा श्री निरौला, किरण केसी, शिबहरि पौडेल, निर्देशक प्रदीप भट्टराई तथा यो गीतसँग सम्बन्धित टिमले केट काटेका हुन् । राजधानीको नयाँ बानेश्वर स्थित रेडियो अडियोको कार्यालयमा यो कार्यक्रम गरिएको थियो ।

यो गीतलाई यती धेरै रुचाएर करोड पटक भन्दा बढी हेरेकोमा मदनकृष्ण श्रेष्ठ र हरिबँश आचार्यले दर्शकलाई धन्यबाद दिएका छन् । सो कार्यक्रममा अग्रज अभिनेता मनदकृष्ण श्रेष्ठले भेन,‘गीतमा म देखिन पाइन् तर मलाई सत्रु गतेको गीतहरु निकै मन पर्छन । रुपै मोहनीमा हरि र दीपा बहिनी नाच्नु भएको छ, हेर्दा निकै रमाइलो हुन्छ ।’ आफुलाई नाच्न नआउने बताउँदै अर्का अग्रज अभिनेता हरिबँश आचार्यले कार्यक्रममा भने,‘गीत कथा अनुसार नै चलचित्रमा आउने भएकाले हामीले चाहेर पनि मदन दाईलाई त्यसमा राख्न सकेनौ ।

फिल्मलाई हामीले रमाइलो बनाउने कोसिश गरेका छौं, निर्देशक प्रदीपले निकै मेहनत गरेका छन् ।’ शत्रु गतेको गीत रुपै मोहनी‘लाई लोकराज अधिकारीले लेखेका हुन् । अरु गीतको लय चोरी गरेर यसको लय बनाईएको आरोप लागेपछि यसै साता एक कार्यक्रम आयोजना गरेर यसको साँगीतिक टिमले चोरी नगरिएको स्पष्टिकरण दिएको थियो । गीतमा टंक बुढाथोकीको संगीत छ । यो चलचित्रलाई दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ फाल्गुन १४, ०८: १२

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ फाल्गुन १४, ०८: १२

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ फाल्गुन १४, ०८: १२

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...