इन्द्र सरोबरमा डुंगामै गरियो काव्य उत्सब – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

इन्द्र सरोबरमा डुंगामै गरियो काव्य उत्सब

काठमाडौं । पर्यटनका लागी साहित्य नारा सहित नेपालकै मानव निर्मीत सबैभन्दा ठूलो ताल इन्द्रसरोवरमा इन्द्रसरोवर काव्य उत्सव २०७४ सम्पन्न भएको छ । मकवानपुर जिल्लाको मार्खुमा कविताको कार्यक्रम काब्य उत्सव भएको छ । त्योपनी तालको विचमा । १८ र १९ फागुनमा भएको सुन्दा पनि अचम्म लाग्ने तालको बिचमा डुगांमा कविता सुनाइएको थियो । देश भरका करिब तिन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा शुक्रबार साझ ६ बजे सुरु भएको इन्द्रसरोवरको बिचमा डुगांकै स्टेज बनाइएको थियो ।

सो डुंगामै कवि तथा दर्शकलाई राखेर दिप प्रज्वलन सहित गरिएको कार्यक्रम करिब दुई घण्टा निरन्तर चलेको थियो । पूर्व प्रधानमन्त्री झलनाथ खनाल मुख्य अतिथि थिए । उनले कार्यक्रममा बोल्दै नेपालमा यस्तो प्रकारको कार्यक्रम पहिलो पटक भएको भन्दै आफूले कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएको अनुभव सुनाए । ३२ जना कविले एक एक कविता गरे राती १० बजेसम्म इन्द्रसरोवर गुञ्जयमान गराए ।

कार्यक्रममा अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल,उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा, ज्योति जङ्गल,नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली,प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ,बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला,रमेश क्षितिजले उत्सबमा कविता सुनाए । यस्तै राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल,सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की,हेम प्रभास, हेमन यात्री सहित स्थानिय कवि रश्मी लामा, श्याम लामाले समेत उत्सबमा आफ्ना कविता वाचन गरेका थिए । त्यस्तै दोस्रो दिन को किनारमा कविता श्रृंखलामा तिन दर्जन कविले कविता प्रस्तुत गरे । कवि टोलीकी सबैभन्दा जेठी कवि उषा शेरचनले यस्तो भब्य र सिर्जनशिल उत्सवमा आफू उपस्थित जनाउन पाएकोमा अत्यन्तै सौभाग्यशाली भएको बताइन् ।

त्यस्तै चितवनका कवि भूपिनले तालमै दिप प्रज्वलन सहित यसरीक कविता गरेको आफ्नो पहिलो अनुभुति सुनाउँदै यस्ता कार्यक्रमले कविलाई अझै सिर्जनशिल बनाउने जिकिर गरे । चार चरणमा गरिएको कार्यक्रममा सुरुवात विद्यालय स्तरको कविता प्रतियोगीता उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा, अनिता लामा मिरुता कार्कीलाई जनही चार हजार रुपैयाँ सहित प्रसँसा पत्र दिईयो । इन्द्रसरोवर गाउपालीका मकवानपुर र सर्वनाम थिएटर काठमाडौको संयुक्त आयोजना रहेको कार्यक्रममा निकै आकर्षक भएको थियो । इन्द्रसरोवरलाई पर्यटनको टेवा पुर्याउने उद्देश्यले देशैभरका कविहरु आएर इन्द्रसरोवरको गरिमा बढाएको बताउँदै इन्द्रसरोवरलाइ सिर्जनशिल पर्यटनको गन्तब्यको रुपमा बिकाश गर्ने गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी गराए ।

कार्यक्रम एकदमै महत्वकांक्षी र तालमा सुरक्षाका हिसाबले जटिल भए पनी सबैको सहयोगले गर्दा उत्सब सोचेको भन्दा सफल भएको कार्यक्रममा संयोजक राज शाहले बताए । पर्यटनको सम्भावना हुँदाहुदै पनि लुकेर बसेको इन्द्रसरोवरलाई राष्ट्रमै चिनाउने कोशेढुगांको रुपमा यो काव्य उत्सव सावित भएको इन्द्रसरोवर गाउँपालिकाका अधिकृत रोशन पुनले बताए ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ फाल्गुन २१, ०८: २७

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ फाल्गुन २१, ०८: २७

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ फाल्गुन २१, ०८: २७

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...