बैंक लुट्न प्रेरण दिने म्युजिक भिडियो – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

बैंक लुट्न प्रेरण दिने म्युजिक भिडियो

काठमाडौं । एउटा म्युजिक भिडियोले बैंक लुट्न प्रेरणा दिन्छ । हो सनुप पोखरेल र कल्याण सिंहको स्वर रहेको गीत मुखौटा…लाई निर्देशक निकेश खड्काले भिडियोमा ल्याएका छन् । भिडियो बैंक लुटेको कथामा आधारित छ । भिडियो हेरिसकेपछि बैंक लुट्न सजिलो रहेछ भन्ने सन्देश जान्छ ।

यो गीतको शब्द मनिष बशिष्टको हो । जसमा कल्याण सिंहको संगीत छ । निर्देशक निकेश खड्काले यो भिडियोमा बैंककै कर्मचारीको मिलोमतोमा बैंक लुटेको र इन्सुरेन्स कम्पनीसँग क्षतीपूर्तिको माग गरिएको देखाईएको छ । निर्माण र मनोरञ्जनका हिसाबले राम्रो बनेको यो भिडियो सन्देशको हिसाबले गलत छ । भिडियोले बैंक लुट्न र त्यसको क्षतीपूर्ति इन्सुरेन्सबाट लिन सकिन्छ भन्ने सिकाएको छ । भोली यो भिडियोबाट प्रभावित भएर बैंककै कर्मचारीले यस्तो काण्ड नगर्लान भन्न सकिन्न् ।

भिडियोमा अर्को तर्फ बैंक लुट्ने सबै सहकर्मी साथीको हत्या गरेर लुट्ने नाइके आफु स्वयम् असफल भएकोमा पछुताएको देखाईएको छ । यसले चोरी गरेपछि साथीहरुको हत्या गर्नुपर्छ भन्ने प्रेरणा दिनेछ । बुद्ध तामाङको छायांकन, विकास दाहालको सम्पादन रहेको यो भिडियो राम्रो बनेको निर्देशक निकेशको कथन छ । यो भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङ लगायतको अभिनय छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ फाल्गुन २१, ०८: ३१

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ फाल्गुन २१, ०८: ३१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ फाल्गुन २१, ०८: ३१

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...