गाउँ गाउँमा सडक नाटक महादान – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

गाउँ गाउँमा सडक नाटक महादान

बिदेशको टिकट रद्ध गर्दै निर्वाचनमा युवा

 

काठमाडौं । मुलुक यतीबेला चुनावमय भएको छ । पहिलो चरणको आगामी १० मंसिरमा हुने निर्वांचनको लागि प्रचार प्रसार तिब्र भईरहेको छ । जनताहरु गाउँ गाउँमा पुगिसकेका छन् । नेताहरु घर घरमा पुगिसकेका छन् । यस्तै करिब चार सय जना कलाकारहरु अहिले नाटक लिएर चुनाव बारे प्रचार प्रसारका लागि शहर देखि गाउँ गाउँमा पुगेका छन् ।
ती कलाकारहरुले विभिन्न सन्देश बोकेको सडक नाटक ‘महादान’ यतीबेला मुलुकका विभिन्न स्थानमा मञ्चन गरिरहेका छन् । नाटकको कथा अनुसार एउटा युवा बैदेशिक रोजगारीको लागि बिदेश जाने तयारीमा हुन्छ । ठिक यही समयमा गाउँघरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लहर चलिरहेकोछ । निर्वाचनकै दिन उसको बिदेश उड्ने टिकट छ । अन्तत सो युवाले बिदेश उड्ने टिकट रद्ध गर्छ । मुलुकमा प्राप्त गणतन्त्र र नयाँ संविधानलाई स्थापित गर्दै मुलुकमै अब केही गर्नु पर्छ भनेर उ गाउँ गाउँमा अबको चुनावमा कसरी मतदान गर्ने भनेर मतदाता शिक्षा दिन अहोरात्र खट्छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सञ्चलनमा ल्याइएको हो । आरोहण गुरुकुलसँगको सहकार्यसँगै सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा विभिन्न नाट्य टोली अहिले फरक फरक निर्वाचन क्षेत्रमा सडक नाटक मार्फत निर्वाचन शिक्षा दिन व्यस्त छन् ।
यसै क्रममा पूर्वी जिल्ला पाँचथरका बिभिन्न गाउँपालीका स्थानिय बासिन्दाले मतदान शिक्षा लिएका छन् । हाम्रो थियटर समुहले जिल्लाका विभिन्न स्थानमा सडक नाटक महादान मञ्चन गर्दै निर्वाचन शिक्षा दिएको हो । यो समुहले शनिबार पाँचथर कुम्भायक गाउँपालीको यासोबजार, मित्राफुङ गाउँपालीकाको रबि बजार, तुम्बेवा गाउँपालीकाको दशमी बजार र फाल्गुनन्द गाउँपालीकोको घुर्विस कचमी बजारमा नाटक प्रदर्शन गरेको छ । नाटकमा उल्लेख्य जनसमुदायको सहभागीता रहेको र सबैले सुरु देखि अत्यसम्म नाटक चासो पुर्वक हेरेको थियटर समुहका निर्देशक प्रेम ओझाले जानकारी दिए ।
यस्तै नाचघरबाट निर्वाचन शिक्षाका लागि रामेछाप पुगेका कलाकारहरुले रामेछापको बिभिन्न स्थानमा नाटक मञ्चन गरेको छ । टोलीका प्रमुख रमेश केसी मट्टारेका अनुसार रामेछापको लिखु गाउँपालीकाको धोबी बजार, गोकुल गंगा गाउँपालीकाको रस्नालु बजारमा पनि नाटक प्रदर्शन गरिएको छ । नाचघरकै कलाकार आकाश थापाको नेतृत्वमा गएको अर्काे टोलीले दोलखाको बिभिन्न स्थानमा नाटक प्रदर्शन गरेको छ । टोलीले शनिबार दोलखाको चरिकोट बजारमा, जिल्ला निर्वाचन कार्यलय चरिकोटमा, कालिन्चोक गाँउपालीका सुनखानी बजारमा र विगु गाउँपालीका सिङटी बजारमा सडक नाटक महादान मञ्चन गरेको छ ।
‘हरेक ठाउँमा नाटक हेर्न स्थानीयहरुको प्रसस्त उपस्थिति रह्यो । ठाउँ अनुसार करिब दुई सय ५० देखि पाँच सयसम्म दर्शकको उपस्थिति भयो ।’ निर्देशक थापाले भने,‘महादान नाटक मञ्चनका क्रममा त्यहाँ आगामी १० मँसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको मतदान कसरी गर्ने भन्ने बारे दर्शकले चासो राखे ।’
शनिबार नै भिक्टोरिया इन्टरटेन्टमेन्ट प्रालीले पनि मुस्ताङको खासाङ गाउँपालीकाको केवाङ भन्ने ठाउँमा नाटक महादान प्रदर्शन गर्यो । नाटकका निर्देशक संगम कायस्थाका अनुसार यो ठाउँका स्थानियले नाटक मार्फत शिक्षासँगै मनोरञ्ज समेत लिए । एकसय हाराहरीको उपस्थितीमा सुरु गरिएको नाटक हेर्न वरपरका गाउँबाट समेत स्थिानिय आउँदा अन्तिमसम्ममा चारसय दर्शक नाघेको निर्देशक कायस्थाको भनाई रहेको छ ।
स.पु सास्कृतीक मञ्चले पनि शनिबार बझाङको बिभिन्न गाउँपालीकामा नाटक मञ्चन गरेको छ । त्यहाँको सुरुमा गाउँपालीकाबाट सुरु भएको नाटक तालकोट गाउँपालीका, जयपृथ्बी नगर गाउँपालीका, मास्ता गाउँपालीका हुँदै काडाँ गाउपालीका सम्ममा मञ्चन भयो । यि स्थानमा नाटक प्रदर्शनको क्रममा जिल्ला निर्वाचन अधिकारी ध्रुब कुमार अधिकारीको पनि साथ रहेको नाटक निर्देशक अनिल रिजालले बताए ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ मंसिर ४, ०९: ४५

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ मंसिर ४, ०९: ४५

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ मंसिर ४, ०९: ४५

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...