काठमाडौ । ‘ईकु’को नामले चर्चित सुलेमान शंकरले आफ्नो नयाँ नेपाली चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल युट्युवबाट रिलिज गरिएको चट्टै… बोलको यो गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको छ ।
यो गीतलाई सुबाष भुषालले संगीत दिएका हुन् ।
गीतलाई लेखु सहयात्रीले लेखेका हुन् । गीतको भिडियोमा सुलेमान शंकर ’ईकु’ र नव(नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । पौष १४ गते रिलीज हुने ’फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् । छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन् । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ’फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।
यसअघि ’ईकु’ र ’ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ’फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...