
नयाँ विकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले गीतकार डा. डीआर उपाध्यायलाई विश्व रेकर्डको प्रमाण पत्र प्रदान गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्व रेकर्ड प्रमाण पत्र प्रदान गरेका हुन् ।
डा. उपाध्यायले गत असार १५ गते मंगलबार एकै दिन ३६ राष्ट्रिय दैनिकमा लेख प्रकाशित गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्रमाण पत्र प्राप्त गरेका थिए ।
‘महिला हिंसाको कारण र न्यूनीकरण’ शीर्षकमा एक हजार ५१ शब्दको लेख उनले प्रकाशन गरेका थिए ।
कार्यक्रममा डा. उपाध्यायले नेपालको गौरव बढाउने उद्देश्यका लागि रेकर्ड कायम गरेको बताए ।
उनले यसअघि गीत सङ्गीत तथा विभिन्न विधामा ५१ विश्व रेकर्ड कायम गरेको समेत जानकारी दिए ।
कार्यक्रममा उक्त सो अवसरमा गिनिज बुकको मिडिया कोर्डिनेरको प्रमाणपत्र हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल, नरेश भट्टराई, राजधानी दैनिकका डब्बु क्षेत्री, मिलाप मासिककी कार्यकारी सम्पादक गीता अधिकारी र राष्ट्र खबरका राज लुइँटेललाई प्रदान गरिएको थियो ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...
काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...