
काठमाडौं । बलिउडल हाई प्रोफाइलकै कारण मूल्य चुकाउनु परिरहेको गीतकार जावेद अख्तरले धारणा राखेका छन् । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई प्रहरीले प्रकाउ गरेको विषयमाथि बोल्दै जावेदले उक्त धारणा राखेका हुन् । सामाजिक सञ्जालमा आर्यनको मुद्दाबाट बलिउडलाई लक्षित गर्दै प्रहार गर्न खोजिएको भन्ने आवाजहरु बेसरी उठ्न थालेका छन् ।
चेन्जमेकर्स किताबको विमोचनको पत्रकार सम्मेलनमा जावेदले भने, ‘यो बलिउडले हाई प्रोफाइलु भएका कारण मूल्य चुकाएको हो । तिमी हाई प्रोफाइलका हौ भने तिम्रो खुट्टा तान्न तिमीलाई तल पार्न मानिसहरुलाई मज्जा लाग्छ । यदि तिमी कोही होइनौँ भने तिमीलाई ढुंगा हान्ने कसको फूर्सद ?’
आर्यनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले अक्टोबर ३ मा क्रुज सिपमा लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरेको थियो । अख्तरले अधिकतम लागूऔषध ओसारपोसार गर्ने भन्दा हाई प्रोफाइल पात्रहरुलाई मिडियाले बढी ध्यान दिने गरेको पनि उल्लेख गरेका छन् ।
काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले...
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...