
काठमाडौं । आफुले लेखेको किताब ‘लाल सलाम’ को प्रोमोशनका लागि कपिल शर्मा शोमा पुगेकी भारतकी केन्द्रीय मन्त्री स्मृति ईरानीलाई गार्ड सुटिङस्थलमा प्रवेश गर्न नदिएपछि रिसाएकी मन्त्री सुटिङ नगरीकनै फर्किएकी छन् ।
कपिल र उनको प्रोडक्सनका टीमलाई हल्लाखल्ला मच्चिएपछि मात्र थाह भएको थियो । गार्डले मन्त्री इरानीसंग माफ गर्नुस म्याडम भित्र जान सक्नु हुन्न भनेपछि मन्त्री फर्किएकी थिइन् ।
प्रोडक्सन टीमले स्मृति इरानीसँग कुरा गर्न असाध्यै धेरै कोसिस गरे पनि अन्ततः सुटिङ नै रद्द गर्नुपर्यो । स्रोतका अनुसार केन्द्रीय मन्त्री, ड्राइभर र दुई जनाको समूहमा शोको सुटिङका लागि बेलुकी कपिल शर्माको सेटमा पुगेकी थिइन् ।
प्रवेश द्वारमा सुरक्षाकर्मी अन्नाले उनलाई चिन्न सकेनन् र प्रवेशमा रोक लगाएका थिए । स्मृतिले ती सुरक्षाकर्मीलाई सुटिङका लागि निम्तो दिइएको जानकारी दिइन् तर यसबारे सुरक्षाकर्मीले थाह नभएको बताए । स्मृतिले सुरक्षाकर्मीलाई सम्झाइन तर उनले मानेनन् ।
अन्ततः रिसाएर स्मृति इरानी सुटिङ नगरिकनै फिर्ता भइन् । आफूले मन्त्रीलाई नै रोकेको भन्ने सुरक्षाकर्मीले थाहा पाएपछि त्यहाँबाट भागेका छन् । र आफ्नो फोनसमेत बन्द गरेका छन् ।लाख कोशिस गर्दा पनि स्मृति इरानी सुटिङमा फर्किनन् ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...