
काठमाडौँ राजधानी शहरबाट करिब १८ कि मि दक्षिण भेगमा यस नगरपालिका कार्यालय अवस्थित रहेको छ। साक्षात शक्तिपिठ श्री दक्षिणकाली माताको नामबाट यस नगरपालिकाको नाम राखियको हो । साविकका ६ वटा गा वि स चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु, डुडेचौर र छैमले एकीकृत गरि दक्षिणकाली नगरपालिका बनेको हो। दक्षिणकाली नगरपालिकाको क्षेत्रफल ४२.६८ वर्ग कि मि रहेको नगरपालिकामा रास्ट्रिय जनगणना अनुसार यहाको जनसंख्या २६७४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ६२६.६ प्रति वर्ग कि मि रहेको छ । साविक ६ वटा गा वि सलाइ नगरपालिका घोषणा गरि १५ वटा वडा विभाजन, ६ वटा संयुक्त वडा कार्यालय स्थापना गरि सात स्थानबाट आमजनतालाई सेवा दिइरहेको छ । नगरपालिकाका धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, हिन्दु तथा बौद्ध धार्मिक स्थलहरु, जैविक विविधता, प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास रहेको छ । मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पनि पर्यटनको प्रचुर सम्भावना रहेको देखिन्छ ।

एसियाकै दोस्रो तथा नेपालको प्रथम जलविद्युत आयोजना चन्द्रज्याति जलविद्युत गृह हिन्दूहरुको शक्तिपिठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर, बौद्धमार्गीहरुका लागि पद्मसंभवले तपस्या गरेको असुरा गुफा तथा ह्याङ्लासी गुम्बा काठमाडौं जिल्लाकै सबैभन्दा अग्लो वाणासुर डाँडा (२२७८ मिटर), कटुवाल दह, पर्यटनको विकासका लागि चाल्नाखेलको बोसनडाँडा, हात्तिवन क्षेत्र, टल्कुको वाणासुर लेक, चौकाटदेवी तथा डाँडीखेल, छैमलेको जातीपोखरी, सेतिदेवी मन्दिर, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, पौराणिक फर्पिङको नेवारी बस्ती र झम्केश्वरी मन्दिर आदिले गर्दा यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण मानिन््छ ।

साँस्कृतिक रुपमा मनाइने पौणारिक श्री हरिशंकर जात्रा तथा बज्रयोगिनी जात्रा यस नगरपालिकाको मुख्य पूर्व मध्ये एक भएको बताइन्छ । दक्षिणकाली नगरपालिकाको एतिहासिक तथा धार्मिक पृष्ठभूमि केलाउँदा दक्षिणकाली मन्दिर तथा प्राचिन बस्ती रहेको पर्फिङ सहर (शिखरापुर नगर) दुवैको आफ्नो महत्व रहेको छ । प्राकृतिक श्रोत साधनको रुपमा जल, जंगल, जमिन, कृषि, जडिबुटी, पर्यटन, ढुंगागिट्टी वालुवा लगायत मानव श्रोत नै नगरपालिकाको आन्तरिक श्रोत रहेको छ ।

नगरपालिकाको महत्वपूर्ण सम्पति भनेको धार्मिक तथा साँस्कृतिक सम्पति दक्षिणकाली मन्दिर पहिलो हो । प्राकृतिक श्रोत साधनमा पानी, वनजंगल, पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटन तथा शैक्षिक पर्यटनलाई उन्नत बनाई आम नगरबासीको आर्थिक क्षेत्रको विकास हुने विश्वास लिइएको छ । जसअनुसार पौराणिक दक्षिणकाली मन्दिर लगायत उक्त क्षेत्रमा रहेका मठमन्दिरमा पर्वहरुमा दर्शनार्थिहरुको ठूलो भिड लाग्ने गर्दछ भने परम्परागत रुपमा मनाउदै आएका जात्राहरु पनि त्यतिकै उत्साह पूर्वक मनाउँदै आएका छन् यहाँका बासिन्दाहरुले ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...