नयाँ कलाकारले पारिश्रमिक पाउँदैनन्ः सुस्मिता श्रेष्ठ (मोडल) – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

नयाँ कलाकारले पारिश्रमिक पाउँदैनन्ः सुस्मिता श्रेष्ठ (मोडल)

काठमाडौं । झापामा जन्मिएकी सुस्मिता श्रेष्ठ एनजीओकर्मीबाट कलाकारतिर आकर्षित भएकी हुन् । उनी २०७४ सालको मिस कोसी हुन् । उनले ५४ जना प्रर्तिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी थिइन् । यसअघि उनी एजुकेसन नेपाल डेभलपमेन्ट सोसाइटी नामक संस्थामा एजुकेसन काउन्सिलर भएर काम गर्दथिइन् ।

यस संस्थामार्पmत देशका विभिन्न ठाउँमा गएर नागरिकलाई चेतनामुलक र शिक्षामुलक विषयमा काउन्सिलिङ प्रोग्राम चालउने गर्दथिइन् उनी । जब मिस कोसी भइन् २०७४ सालमा अनि उनमा कलाकारिता क्षेत्रले तान्यो । ब्यापार र एनजीमा मनग्य कमाइ गर्ने मानिस किन कलाकारितातिर भन्ने प्रश्न उनी भन्छिन्, ‘ब्यापारमा नाम होइन पैसा कमाइन्छ, मलाई पैसाभन्दा पनि समाजले चिन्ने सेलिब्रेटी बन्नुछ त्यसैले कलाकारिताको सरण लिएकी हुँ, उनले भनिन् ।

सरलता र सुन्दरताकी धनी सुस्मिताले मिस पर्सनालिटी र मिस ब्युटीमा अन्य प्रतिस्पर्धीलाई ठूलो अन्तरले उछिनेकी थिइन् । पहिला एनजिओमा आपैm प्रोग्राम चलाउने भएकाले उनलाई ट्यालेन्ट सोमा पनि सजिलो भयो । मिस कोसी बन्नेबित्तिकै उनलाई चलचित्र क्षेत्रबाट अफर आयो । उनको सफल कलाकार भएर नाम कमाउने इच्छा पुरा हुने ध्येयले स्वीकारिन् ।

त्यसपछि ठूलो पर्दाका दुई मुभीमा मोडलिंङ गर्ने अवसर पाइन् । ती हुन् एक कहानी र मधुमालती त्यसमा नायिकाको रोल हात लाग्यो । यी दुई मुभीमा भनेजस्तो अभिनय गरेपछि उनलाई थुप्रै म्युजिक भिडियोबाट अफर आउन थाले । सुन्दरता र अभिनय कलाले भरिपूर्ण सुस्मितालाई धेरै ठाउँबाट अफर आएपनि उनी कथावस्तु हेरेर मात्र खेल्ने गर्दछिन् । अहिलेसम्म दर्जनको हाराहारी म्युजिक भिडियोमा भूमिका निर्वाह गरिसकेकी छन् ।

तपाईं त बिजनेस र एनजिओमा काम गरेर पैसा कमाएको बानी कला क्षेत्रमा त्यो सम्भव छ भन्ने प्रश्नमा उनले भनिन्, ‘बिजनेस गरेर जति पैसा कमाए पनि नाम कमाउन सकिँदैन । नाम कमाउन समाजमा केही नयाँ काम गर्नैपर्छ त्यसमा कला क्षेत्र रोजेकी हुँ’ । कलाकारले पैसा कमाउँदैनन् ? भन्दा उनी भन्छिन्, ‘नयाँ कलाकारलाई पारिश्रमिक दिँदैनन् । काम पाउँनुनै ठूलो कुरा हो ।

नयाँ कलाकारलाई पैसा होइन काम पाउन गाह्रो हुन्छ । अवसर पाउँदानै भाग्यमानी ठान्नुपर्छ । जीवन कसरी चाल्छ त भन्दा उनी भन्छिन्, ‘चलिसकेपछि काम, नाम र दाम सबै पाइन्छ । कलाकारिता मात्र होइन आपूm पारंगत नहुँदासम्म कुनै पनि क्षेत्रमा पैसा कमाउन सकिँदैन । जुन ठाउँमा पनि अनुभवीलाई ग्राहयता भनिन्छ यहाँ पनि त्यस्तै हो, उनले अनुभव बताइन् ।

यति धेरै म्युजिक भिडियो खेलिसकेपछि पनि भनेजस्तो पारिश्रमिक पाइन्छ त ? भन्दा उनी थप्छिन्, ‘सबै समय सित्तैमा होइन थोरै पाइन्छ । तर, ब्यापार व्यवसाय गरेजस्तो कलाकार भएर कमाउन सकिँदैन ।’ कला क्षेत्रमा आउनुअघि एनजिओमार्पmत विभिन्न स्थानमा कार्यक्रम सञ्चालिका भएर काम गरेको अनुभवले सुस्मितालाई स्टेजमा गएर अभिनय गर्न कत्ति पनि गाह्रो भएन । अभिनय कला, सुन्दरता र शारीरिक फिट्नेसले भरिपूर्ण श्रेष्ठले आफ्नो भविष्य कला क्षेत्रमा देख्छिन् ।

मिस कोसी हुनुभन्दा पहिला अन्य पेशा गरेको भए तापनि त्यसयता मोडलिङ पेशामा छिन् । उनी मोडलिङसँगै संगीतको पनि क्लास लिइरहेकी छन् । उनलाई गायिका बन्ने रहर पनि रहेछ । ठूलो पर्दाको मूभिमा भूमिका निर्वाह गरिसकेकी सुस्मिता स्थापित कलाकार हुन् ।

पछिल्लो समय उनले बिजनेस र एनजिओको काम छाडेर पुरै समय कलाकारितामा लगाएकी छन् । स्ुस्मितालाई कलाकार क्षेत्रमा आउन उनको परिवारको पनि राम्रो सहयोग समर्थन रहेछ । उनी भन्छिन्, ‘जब म मीस कोसी बनें मेरो घर परिवारले तिमी राम्रो कलाकार बन भनेर सपोट गरेका छन् । त्यसले पनि उनलाई यस क्षेत्रमा हौस्याएको हो ।

साधारण जीवन र सेलीब्रेटी बनिसकेपछिको अवस्था फरक भएको अनुभव सुनाइन् । सर्वसाधारण हुँदा कसैले वास्ता गर्दैनथे जब मीस कोसी भएपछि सार्वजनिक ठाउँहरुमा हिँडडुल गर्न अलि ग्राह्रो हुन्छ । सबैले चिनेको फेस हुन्छ सोध्नछन् परिस्थिति हेरेर जवाफ दिन्छु, उनले भनिन्छन् । दर्जन बढी म्युजिक भिडियोमा काम गरेसके पनि उनी अभिनय सिकिरहेकी छन् । उनी भन्छिन्, ‘कला क्षेत्रमा सिकेर कहिल्यै सकिँदैन’ । समय, ठाउँ र जेनेरेसन फरक–फरक भइरहन्छ त्यसलाई माझ्नको लागि सिकाइ आवश्यक हुन्छ ।

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ असार २, ०९: १३

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ असार २, ०९: १३

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७६ असार २, ०९: १३

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...