निर्माताको प्रेमिकालाई फिल्म सौगातलाई फाईदा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

निर्माताको प्रेमिकालाई फिल्म सौगातलाई फाईदा

काठमाडौं । व्यबसायी राजेश शाहीले आफ्नी प्रेमिका जस्मिन श्रेष्ठका लागि नियमित रुपमा फिल्म निर्माण गर्दै आएका छन् । यस अघि उनले मन परेपछि र बीच बाटो सहित दुई ओटा फिल्म निर्माण गरिदिएका थिए । यस पटक फेरी जस्मिनलाई नै नायिका बनाउँदै तेस्रो फिल्म ‘पञ्चेबाजा’ निर्माण गरेका छन् । जस्मिनको अभिनय त्यति राम्रो छैन । तर पैसाकै लागि भएपनि जस्मिनको नायकको रुपमा सौगात मल्लले यो फिल्ममा काम गरेका छन् ।

सौगातले १० लाख रुपैयाँ पारिश्रमिक लिएर फिल्म पञ्चेबाजामा अभिनय गरेका हुन् । गएको वर्ष र यो वर्ष सौगातको आधा दर्जन फिल्म आएकोमा लुट–२ बाहेक सबै असफल भए । फाटेको जुत्ताले लगानीसम्म उठायो । पछिल्लो समय मागेको जती पारिश्रमिक पाएपछि फिल्म खेल्न थालेका सौगातले सोही कारण पञ्चेबाजामा नायकको भूमिका निर्वाह गरेका हुन् ।

यो चलचित्र आगामी ११ फागुनबाट प्रदर्शनीमा आउने भएको छ । यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका घनश्याम लामिछानेले पञ्चेबाजा निर्देशन गरेका हुन् । बिहीवार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको लोक शैलीको गीत घिन घिन मादल…को भिडियो सार्वजनिक गरिएको छ । सोही कार्यक्रममा यो चलचित्र ११ फागुनमा रिलिज हुने घोषणा गरिएको हो । अञ्जु पन्त र डेविड शंकरको स्वर रहेको गीतको भिडियोमा गीतको भिडियोमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र बुद्धी तामाङको नृत्य छ । गीतलाई प्रदीप भाद्वाजले लेखेका हुन् । जसमा विकास चौधरीको संगीत छ । यो गीतको भिडियो निर्देशन कविराज गहतराजले गरेका हुन् ।
यो चलचित्रमा सौगात मल्ल, जस्मिन श्रेष्ठ, कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी लगायतको अभिनय रहेको पनि निर्देशक घनश्यामले कार्यक्रममा जानकारी गराए । यो चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन र हरि घले लामाको छायांकन रहेको पनि निर्देशक घनश्यामले बताए । आफ्नो सिनेमा मौलिक नेपाली भएको उनको कथन थियो ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ पुष ४, ०९: १३

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ पुष ४, ०९: १३

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ पुष ४, ०९: १३

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...