संगीतकार बन्न असाधारण क्षमता चाहिन्छ – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

संगीतकार बन्न असाधारण क्षमता चाहिन्छ

बैकुण्ठ महत, लोकदोहोरी गायक

नेपाली लोकदोहोरी संगीत फाटमा उदयीमान गायकको रुपमा सुपरिचित नाम हो वैकुण्ठ महत । गुल्मी जिल्लाको इस्मा गाउपालिका–६ स्थित सामान्य परिवारमा जन्मिएका महत ख्याति प्राप्त कलाकार हुन् । उनका बुबाले इन्डियन आर्मीबाट पेन्सन पकाइसक्नुभएको छ भने आमा गृहिणी ।

परिवारका ६ दाजुभाइ दिदीबहिनीमध्ये जेठा हुन् उनी । एसएलसीसम्मको अध्ययन गाउँबाटै गरेका उनी उच्च शिक्षाका लागि बुटवल झरेका हुन् । कलेजको पढाइसँगै गीतसंगीततिर आकर्षित भएका उनले बुटवल क्याम्पबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

साथै महतले कानुनमा एलएलबी पनि गर्न भ्याएका छन् । नेपाली लोकदोहोरी फाँटका स्थापित गायक वैकुण्ठ महतसँग नयाँ विकल्प साप्ताहिकका लागि गरिएको कुराकानीमा आधारित विचार ।

लोकदोहोरी क्षेत्रका ख्यातिप्राप्त गायक बैकुण्ठ महतले स्कुले जीवनसम्म सांस्कृतिक कार्यक्रममा भागसम्म लिँदैन थिए । लजालु स्वभावका उनी कक्षा १० मा पुगेपछि एउटा कार्यक्रममा गीत गाउँने अवसर पाए । प्राकृतिक स्वरले भरिपूयर्ण उनी दर्शक÷स्रोताको मन जित्न सफल भए । उसोत उनले गाउँघरमा एक्लै मेलापाता जाँदा बमबहादुर कार्की, लोकबहादुर क्षेत्री, नारायण रायमाझीका गीत गुनगुनाउने र गाउने अभ्यास नगरेका होइनन् ।

लोकगायकहरु बमबहादुर कार्की, लोकबहादुर क्षेत्री, पुरुषोत्तम न्यौपाने र नारायण रायमाझी यो क्षेत्रमा आउने प्रेरणाका पात्र बने उनका । ‘दाइहरुका गीत रेडियोमा सुनेर नै मलाई यो क्षेत्रमा आउने प्रेरणा जागेको हो,’ उनी बताउँछन् । उनीहरुका गीत सुन्दा उनलाई पनि स्टेजमा गएर गाउने रहर जाग्थ्यो । त्यही रहरलाई निरन्तरता दिँदै उनी २०६० माघ १६ गते दोहोरी प्रतियोगीको रुपमा पहिलोचोटी स्टेज चढेका थिए ।

रहरले संगीत क्षेत्रममा प्रवेश गरेका महतले यसलाई आफ्नो रोजाइको पेशा बनाइ छाडे । धेरै दोहोरी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भए उनी  । आफ्नो करियरलाई अझ फराकिलो बनाउन २०६१ सालमा काठमाडौं छिरे । पुलचोकस्थित बालन्द राईको शागर स्टेडियोबाट आप्mनो पहिलो एल्बम निकाले, ‘धोका दिन सक्त मनाही छ’ बोलको । अहिलेसम्म उनले दुईदर्जन बढी एल्बमहरु निकालिसकेका छन् । तीन दर्जनभन्दा बढी गीतमा आफ्नो मीठो स्वर पस्किइसकेका छन् ।

उनले दोहोरी गायन प्रतियोगितामा थुप्रै पुरस्कार र सम्मान हात पारिसकेका छन् । त्यसैगरी उनी २०७६ मा सम्माननीय राष्ट्रपति विद्यदेवी भण्डारीबाट प्रवल जनसेवा श्री चौथा पदक प्राप्त गर्न सफल भएका हुन् । स्वर र सिर्जनाका धनी उनका शब्द र संगीतमा तयार भएका गीतहरु झन्डै दुई सय हाराहारी छन् । लोकदोहोरी गायनको साथै अभिनयमा पनि पोख्त महतले आफ्ना र अरुका गरी झन्डै दर्जन बढी म्युजिक भिडियोमा भूमिका निर्वाह गरिसकेका छन् ।

मोडलिङ उनको शोख मात्र हो । उनी आपूmलाई स्थापित गायकको रुपमै चिनाउन चाहन्छन् । उनीको पढाइ भने संगीत विषयको होइन । तर, गीतसंगीतको व्यवसायिक सीप भने इस्टिच्युटहरुमा सिकेका हुन् । सिर्जना साधनाबाट प्राप्त हुने भएकाले समय अनुसार परिमार्जित हुने गीत÷संगीतहरु अहिले पनि सिकिरहेको बताउँछन्, उनी । ‘गीतसंगीत अलौकिक सिर्जना हो, जुन नयाँ–नया ढंगले सिकेर मात्र परिपक्व भइन्छ,’ उनी अनुभव बताउँछन् । जीवनको १५ औं वशन्त गीतसंगीत क्षेत्रमा अर्पिइसकेका उनले आफ्नो भभिष्य यसैमा देखेका छन् । ‘संगीत मेरो पहिला रहर अहिले पेशा बनेको छ’, –उनी भन्छन् ।

लोकदोहारी लायकको आर्थिक उपार्जको कुरा गर्दा उनले भने, –‘‘मलाई काठमाडौंमा परिवार पाल्न, छाोराछोरी पढाउन र व्यक्तिगत खर्च गर्न रार्मै धानेको छ ।’ पहिलाजस्तो आम्दानी छैन भनिन्छ नि भन्दा, उनी भन्छन्,–‘आम्दानी नभएको होइन, झन् बढेको छ, आपूmले समयसँग परिमार्जित भएर त्यसको पहिचान गर्न सक्नुपर्छ, प्रविधिसँग खेल्न र जुध्नसके पहिलाकोभन्दा राम्रो छ ।’ ‘मैले पनि २०६६ सालसम्म अडियो बेचेरै गुजारा गरेको हुृँ ।

अहिले युटुब च्यानल र स्टेज प्रोग्रामबाट राम्रो कमाइ हुन्छ,’ उनी भन्छन् । सफल कलाकारमा के हुनुपर्छ ? भन्दा उनी भन्छन्, ‘स्पष्ट प्रिजेन्टर, मीठो स्वर र गायनशैली, स्टेज सुहाउँदो पहिरन, अभियनयुक्त कलाले सुसज्जित हुनुपर्छ । यी सबैमा निणूर्ण कलाकारलाई नाम, दाम र कामको कहिल्यै खाँचो हुँदैन, उनले दावी गरे । दोहोरी साँझमा समेत गाउन भ्याइसकेका महत दोहोरी साँझलाई लोकदोहोरी कलाकारहरुको पाठशाला ठान्छन् ।

दोहोरी साँझमा महिला कलाकारलाई हेपिन्छ रे नि ? भन्दा उनी भन्छन्, ‘होइन, त्यहाँ ख्ुल्ला स्टेज, सम्मानजक व्यवहार हुन्छ , दर्शक छुट्टै हुन्छन् । बाहिर हल्ला गरेजस्तो होइन । जहाँ एकेडेमिक क्वालिफिकेसनको जाँच लिएर जागिर खाइन्छ, त्यसलाई राम्रो भन्ने चलन छ । दोहोरी साँझमा एकेडेमिक क्वालिफिकेसनको जाँच दिनु नपरेकाले हल्का ठानिएको हो । उनका पछिल्ला गीत लोकआधुनिकमा आधारित छन् जुन मानिसका जीवन, दर्शन र जनभोगाइसँग जोडिएका हुन्छन् ।

उनी पूर्व–पश्चिम सबै क्षेत्रमा चल्ने भाका, लयका गीतहरु गाउन महिर छन् । नेपालका विभिन्न क्षेत्रमा चल्ने भाका, लयमा गाइसकेका महतले विदेशमा थुप्रै स्टेज प्रोग्राम तताइसकेका छन् । उनले युके, जापान, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र भारतलगायतका मुलुकमा आफ्नो बेजोड प्रस्तुति पस्किइसकेका छन् ।

लोकदोहारीका बजारको कुरा गर्दा उनी भन्छन्, ‘म नितान्त फरक ढंगले यो क्षेत्रमा लागेको मान्छे, गीतसंगीतभित्र लक्ष्य एउटै भए पनि त्यसलाई हासिल गर्ने मार्गहरु फरक–फरक हुन्छन्’, कसैले अंगप्रदर्शन गरेर हाउभाउका भरमा त कसैले लय, शब्द, स्वर र कलाको आधारमा । मीठो स्वरका धनी चर्चित गायक बैकुण्ठले नयाँ एल्बम छिट्टै बजारमा ल्याउँदैछन् ।

जसमा एकनारायण भण्डारीको शब्द र संगीत सजिएको छ भने आपूmले स्वर पस्किएका छन् । उनले मनोजसिंह धामीको सहयोगमा डेउडा गीत र एकनारायण भण्डारीको लेखनमा रहेको ‘मै’खाउँला सुपाडी मायाँलाई चुइगम, रातभरि रोधीमा नाचौ पिरती गासौ, भोलि उज्यालो नहुँदै सुइकौं” बोलको मायाँप्रितीमा आधारित लोकगीतको निकालिसकेका छन् ।

कतिपय गायक÷गायिकाको स्वतस्पूmर्त प्राकृतिक स्वर हुन्छ भने कतिपयले सिकेर आकार दिनैपर्छ , जन्मसिद्ध टिपिकल स्वर लिएर आए पनि प्रकृतिभन्दा फरकमा जान सक्दैनन् । नसिकेकाले जतिसुकै सुरिलो स्वर र मीठो भाका भए पनि संगीतका सुत्र र नोटहरुलाई पहिल्याउन र टिप्न सक्दैन । त्येले जुनसुकै विषयमा पनि सिद्धहस्त हुन साधानाको खाँचो छ, –उनले भने । उनी भन्छन्, ‘संगीत एउटा इन्जिनियरिङ हो, जसलाई प्राप्त गर्न असाधरण क्षमताको चाहिन्छ’ ।

उनले दुई कुराले ठग्यो, लैजा रुमाल बैना डेउडा गीत (जसले अवार्ड पाएको थियो), मान्छेको जिन्दगानी, बाल्यकाल गुच्छा खेल्ने, बैंशमा माया लाउने, बुढेसकालमा भजन गाउने तीर्थब्रत धाउने, विरहले छुने बेलैमा (स्व.सूर्यकुमार क्षेत्रीले लेखेको), मादल, हाम्रो नेपाल हामी नेपाली, ‘जुन ठाउँमा जन्मिएका बुद्ध, त्यही ठाउँ रणभूमि बन्छ हामी आपसमा जुद्धा, पानीजहाज –हाम्रो देशले पानी जहाज चलाउने भा’छ, नपत्याए हेर मैया पत्रिकामा आ’छ, आर्थिक समृद्धि, काफलु, उनकै लय, शब्द र स्वरमा तयार भएको ‘मागेजति बरदान पाको’भा, औठी स्वयम्वरको, रेडियोमा गीत सुनेर, मायालु कहाँ होला, ढडिँयालगायत थुप्रै जनमानसको मनमुटु छुन सफल र चर्चित गीतहरुमा आफ्नो सुमधुर स्वर दिइसकेका छन्  । –प्रस्तुति–कालिका महत्त

सम्बन्धित समाचार

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ भाद्र २३, ०८: ३१

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ भाद्र २३, ०८: ३१

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...

मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
मुद्रण उद्योग व्यवसायबाट महासंघको नेतृत्वमा पुग्ने ढकाल पहिलो महिला
  • २०७६ भाद्र २३, ०८: ३१

नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...