काठमाडौं । बेलायतको मल्टिपल भिषाको लागि दुई पटकसम्म रद्ध भएकी अभिनेत्री साम्राज्ञ राज्यलक्ष्मी शाह तेस्रो पटक टुरिष्ट भिषा लिन बाध्य भएकी छिन् । त्यो पनि फिल्म निर्माण कम्पनीले आफ्नो ग्यारेन्टीमा चलचित्र इन्टु मिन्टु लन्डनमाको लागि उनलाई टुरिष्ट भिषा दिलाएको हो ।
बेलायतमा पाँच वर्षको लागि मल्टिपल भिषाको लागि कागजपत्र प्रस्तुत गरेकी अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाहले मल्टिपल भिसा नपाएपछि चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को छायाँकन ६ महिना यताबाट रोकिएको थियो ।
उनले दोस्रो पटकको प्रयासमा पनि मल्टिपल भिसा नपाएपछि अन्तत निर्माता प्रभु शमशेर जबराले आफ्नो कम्पनीको व्यानरमा साम्राज्ञीलाई टुरिस्ट भिसा (पर्यटक प्रवेषाज्ञा)मा यसै साता बेलायत छिराएका छन् । निर्माता जबराको कम्पनीले पुरा जिम्मा लिएपछि बेलायतका लागि साम्राज्ञीको भिषा तेस्रो पटकमा लागेको छ । यस पटक उनी पर्यटकका रुपमा बेलायत छिरेकी हुन् ।
साम्राज्ञी बेलायत पुगेपछि चलचित्र इन्टु मिन्टुको छायाँकन सुरु भएको छ । टुरिष्ट भिषामै यस अघि यो चलचित्रका अभिनेता धिरज मगर र निर्देशक रेनेसा बान्तवा राई लन्डन पुगिसकेका थिए ।
यो चलचित्रलाई अब दुई सिजनमा छायाँकन गरिने छ । पहिलो सिजनको हिउँदको छायाँकन सकेर कलाकारहरु तीन सातामा काठमाडौं फर्कने छन् । त्यसपछि अर्को सिजनको छायाँकनलाई फेरी कलाकार बेलायत जाने निर्माण पक्षले जनाएको छ । यो फिल्मलाई आगामी असारसम्म रिलिज गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...