आयो सन्तोषको राष्ट्रिय भावनाको सुरक्षा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

आयो सन्तोषको राष्ट्रिय भावनाको सुरक्षा

काठमाडौं । सुगम सँगीतमा छुट्टै चर्चा कमाएका सँगीतकार सन्तोष श्रेष्ठले आफ्नो एकल सँगीतबद्ध राष्ट्रिय भावनाले ओतप्रोत गीतहरुको सँग्रह ‘सुरक्षा’ स्रोतामाझ ल्याएका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेले सुरक्षाको शनिबार काठमाडौंमा एक समारोहबीच बिमोचन गरे । अरु गीत भन्दा राष्ट्रिय गीतको महत्व फरक हुने भएकाले यस्ता गीतहरु आफुलाई मन पर्ने राष्ट्रकविले समारोहमा बताए । आफ्नो गीत पश्चिम रुन्छ महाकाली…लाई सँगीतकार सन्तोष र गायक शिब परियारले निकै कर्णप्रिय बनाएको भन्दै राष्ट्रकवि घिमिरेले खुसी व्यक्त गरे । यो नयाँ सँग्रहमा राष्ट्रकवि घिमिरेको पनि एउटा गीत छ ।
बिमोचन समारोहमा सँगीतकार दीपक जँगमले राष्ट्रिय गीत र भावनात्मक गीत कालजायी रुपमा चलिरहने बताए । गीतकार कालीप्रसाद रिजालले आफु कहाँ आजकाल गायक गायिका बिकाउ र चटपटे गीत माग्न आउने गरेको अनुभव सुनाउँदै बिकाउ गीतका कारण राष्ट्रिय भावका गीत र गम्भिर गीत छायाँमा परेको गुनासो पोखे । यो सँग्रहमा उनको पनि एउटा गीत छ । यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय गीतमा हामी नेपाली सबै भन्दा धनी रहेको डा. नबराज लम्सालले बताए । सँग्रहमा उनका दुई ओटा गीत छन् । सँग्रहमा सुन है सुन…, पूर्व जागौं…, आफ्नो माटो…, टेक्ने जमिन यही हो…, सम्मान गरौं देशलाई…, सकिएला सँसार छाड्न…, हाम्रो देश स्वतन्त्र छ…सहित ८ गीत छन् । सँग्रहमा राष्ट्रकवि सहित दिनेश अधिकारी, श्रीपुरुष ढकाल, डा. रमेश क्षितिज र भावेश भूमरीका पनि गीत छन् । यी गीतमा मनोजराज शिबाकोटी, कर्म ग्याल्छेन बम्जन, थुप्तेन भुटिया, भविन ढुँगाना र सँगीतकार सन्तोष स्वयँको स्वर छ ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ पुष २४, ०९: ३३

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ पुष २४, ०९: ३३

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ पुष २४, ०९: ३३

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...