चलचित्र ब्वाईफ्रेण्डमा भोजपुरीे गीत – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

चलचित्र ब्वाईफ्रेण्डमा भोजपुरीे गीत

काठमाडौं । तराईलाई लक्षित गरेर नेपाली चलचित्रमा भोजपुरी, मैथली गीत राख्ने क्रम बढेको छ । यसै क्रममा चलचित्र ‘ब्वायफ्रेण्ड’को भोजपुरी गीत राखिएको छ । सो गीतको भिडियो सार्वजनिक गरिएको छ । माघको दोस्रो साताबाट देशव्यापी प्रदर्शनीमा आउन लागेको यो चलचित्रको भोजपुरी गीत तेरी लच्के लि जब कमरिया, बल खाए जैजेसन नगेनिया… सार्वजनिक गरिएको हो । भारतीय सङ्गीतकार के.के. सिंहको सङ्गीत, जुगिराम राईको शव्द रहेको यो भोजपुरी गीतमा श्याम कुमार मिश्रले स्वर दिएका छन् । भिडियोमा कमल राईको नृत्य निर्देशन रहेको छ ।
‘नयाँ प्रयोग हो, चलचित्रमा दर्शकले नयाँ स्वाद पाउनु हुने छ’, गायक तथा नायक श्यामकुमारले भने । यो चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनाम थापा, श्यामकुमार मिश्र, जानु अर्याल, शेखर के.सी., पवन खनाललगायतको अभिनय रहेको छ । चलचित्रका निर्माता सुर्य बुढाथोकी र कृष्ण खनाल हुन् । यसका निर्देशक मदन घिमिरेका अनुसार युवा पिडिमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरी प्रति व्यवास्था गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रको कथा रहेको छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ पुष २४, ०९: ३४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष २४, ०९: ३४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ पुष २४, ०९: ३४

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...