काठमाडौं । लामो समय देखि पत्रकारितामा सम्लग्न लेखक देबी न्यौपानेले आफ्नो पहिलो उपन्यास ‘मन’ बिहिबार राजधानीमा सञ्चारकर्मीसँगको भेटघाटमा सार्वजनिक गरेका छन् । यो उपन्यास बिहिबारबाटै बजारमा पठाएको उनले सो भेटघाटका क्रममा जानकारी गराए ।
उपन्यास मनमा बाल विवाहपछि एउटी किशोर आमाले भोग्नु परेको समस्यासँगै उनको सँघर्षलाई मुख्य पात्र भावनाको दृष्टीकोणबाट परिवर्तन गरिएको पनि उपन्यासकार देबीले बताए,‘ उपन्यासकी म पात्र भावना पाँचथरको दुर्गम गाउँबाट उच्च शिक्षाका लागि काठमाडौं आएपछि उनको सँघर्ष र सफलताको कथामा यो उपन्यास केन्द्रित छ । उनले साधारण गाउँले युवतीबाट नायिकासम्म बन्दाको कथासँगै आफ्ना जीवनसँग जोडिएका अरु पात्रको कथा व्याथा पनि मुख्य पात्र भावनाले मनमा बाचन गरेकी छिन् ।’ देबीले भने । अहिलेको शहरीया समाजमा विवाह अघि युवा युवतीसँग बस्ने ‘लिभिङ टुगेदर’ प्रचलन र यसले निम्त्याएका बिसँगतिको कथा पनि उपन्यासले भन्ने उनले बताए । उपन्यासमा दुई दशकको काल खण्ड, यो अबधिमा मुलुकको राजनीतिक, आर्थिक, शैक्षिक परिवर्तन र त्यसले समाजमा पारेको प्रत्यक्ष प्रभावको सेरोफेरोमा उपन्यासको कथा केन्द्रित रहेको पनि देबीले जानकारी गराए । सौगात बुक्स प्रकाशनले बजारमा ल्याएको यो उपन्यासको मूल्य तीन सय रुपैयाँ राखिएको छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...