श्रवण, पञ्च र तेराकादो सुनाए नेपाली जापानी धुन – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

श्रवण, पञ्च र तेराकादो सुनाए नेपाली जापानी धुन

काठमाडौं । लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीत संगीतको प्रवर्धनमा क्रियाशिल चौतारी व्याँडका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबारसाँझ आफ्ना लोक सँगीतिक धुनबाट दर्शकलाई मन्त्रमुग्ध तुल्याए । सांस्कृतिक संस्थानको आयोजनामा राजधानीको जमल स्थित नाचघरको प्रेक्षालयमा यी तीन कलाकारले विभिन्न नेपाली र जापानी धुनबाट दर्शकको मन जितेका हुन् । नेपालका सुन्दर दृष्यहरु समेटिएको आफंैले तयार गरेको नेपाली लोक साँगीतिक बृत्तचित्र ‘सुन्दर नेपाल’को प्रदर्शनसँगै ‘चौतारी साँझ–२०७४’ शुक्रबार अपरान्ह सुरु भएको थियो । बिगतका वर्षमा जस्तै यस पटक पनि नेपाली र जापानी सँगीतलाई एकै थलोमा प्रस्तुत गर्न ‘चौतारी साँझ–२०७४’ आयोजना गरिएको संस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा बताए । यी कलाकारहरुलाई कार्यक्रमको सुरुमा सांस्कृतिक सँस्थानका तर्फबाट अध्यक्ष उधोग राईले सम्मान गरे । कार्यक्रमको पहिलो प्रस्तुतिमा पञ्च लामाले बाँसुरी मार्फत मनकामना धुन प्रस्तुत गरे । यसपछि पञ्च र श्रबणले बाँसुरी र तवलाको फ्युजन धुन प्रस्तुत गरे ।
अघिल्लो प्रस्तुतिमा प्रकाशको किरणलाई पछ्याउँदै पञ्च र श्रबणले बाँसुरी र तवलाको धुन ‘जर्नी थ्रो द लाईट’ शिर्षकमा प्रस्तुत गर्दा जापानी कलाकार तेराकादो मित्सिगुले गिटारमा साथ दिए । सोही क्रममा यी तीनले जापानी धुन ‘टोकियो नाईट धुन’ पनि प्रस्तुत गरे । यी दुई धुनसँगै उहाँले फ्युजन गरेर ‘द मेलानकोली नोट इन काठमाडौं’ शीर्षकमा प्रस्तुत गरिएको काठमाडौंका केही स्थानीय धुनहरूले कार्यक्रमको रौनक बढाएको थियो । यही क्रममा उनीहरुले एकान्छा शिर्षकमा नेपाली लोक धुन प्रस्तुत गरे ।
अघिल्लो चरणमा ‘सी वेभ’ शिर्षकमा बाद्यबादनबाट यी कलाकारले प्रस्तुत गरेको समुद्रको छाल धुन होस या ‘द हिमालयन’ शिर्षकका हिमाली क्षेत्रका लोक धुनहरु हुन् । यस्ता धुनमा कलाकार त्रयलाई दर्शकले तालीले निरन्तर साथ दिए । अझ उनीहरुको ड्रम सेसनको प्रस्तुत निकै उर्जायुक्त थियो । ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगल वादन प्रस्तुत भएको थियो । कार्यक्रमका अन्तिम चरणमा पञ्चले एकल बाँसुरी धुन प्रस्ूतुत गर्दा दर्शकले फेरी तालीले साथ दिए । ‘क्याराभान’ र ‘बनचरी’ शिर्षकका लोकधुनमा यी तीन कलाकारको प्रस्तुति बेजोड थियो । उनीहरुले मौलिक धुनअन्तर्गत मुरलीको माध्यमले विभिन्न चराको आवाज र गीत सुनाएर वनचरी भाका प्रस्तुत गरेका हुन् । ‘डान्सिङ बर्ड’ शिर्षकको धुन पनि त्यत्तिकै मिठयो थियो । ‘लाम्बादा’ शिर्षकमा साँगीतिक धुनसँगै यी तीनले चौतारी साँझ–२०७४ ट्युग्याए । पौने दुई घन्टाको यो कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १४ ओटा धुनहरू प्रस्तुत गरे ।
दुई दशकदेखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै गरेका कलाकारद्वय पञ्च लामा र श्रवण लामाले काठमाडौंमा यो तेस्रो चौतारी साँझ हो । सर्लाहीको हरिवन नगरपालिका ५ स्थित चेतना सन्देश नेपालद्धारा सञ्चालिन द्धन्द्ध पीडित बाल गृहका लागि यो चौतारी साँझमा पञ्च र श्रबण लामाले १२ लाख रुपैयाँ सहयोग प्रदान गरे । आफुहरुले त्यो सँस्थालाई बिगतमा पनि यस्तै सहयोग प्रदान गर्दै आएको यी दुईले बताए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ माघ २, ०८: २३

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ २, ०८: २३

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ माघ २, ०८: २३

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...