December 8, 2021, Wednesday

असल राजनीतिक संस्कारकाे विकास गर्दै पार्टीमा गुटगत राजनीतिकाे अन्त्य गराैंः नैनसिंह महर

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले गुटरहित काँग्रेसको खाकासहित पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् ।

परशुराम नगरपालिका डडेल्धुरामा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति (क) प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै महरले
नेताहरुको आचरणले नेपाली जनतामा राजनीतिक वितृणा रहेको र यसलाई अन्त्य गर्न काँग्रेसको १४ औं महाधिवेशनमा नेताहरूले प्रस्ट खाकासहित रूपान्तरणको एजेन्डा बोकेर अगाडि बढ्नुपर्ने बताए ।

नेता महरले काग्रेसलाई नेपाल जनताले भरोसायोग्य पार्टी बनाउन गुटगत राजनीतिलाई छोडेर आदर्शको राजनीतिमा लाग्न आग्रह गरे । उनले १४ औं महाधिवेशनलाई ध्रुवीकरणरहित महाधिवेशन बनाउनुपर्ने बताए । उनले त्यसका लागि पुराना नेताहरूले युवा पुस्तालाई पनि सँगसँगै लैजानुपर्ने बताए । महरले नेताहरूमा पद लुप्तता हुन नहुने धारणा पनि राखे ।

नेता तथा कार्यकताहरुलाई नेता महरले जनभावना अनुसार र समय सापेक्ष राजनीति गर्न गर्न सुझाए । राजनीति असल कार्यका लागि भएकाले सधै जनताको पक्ष काम गर्न अनुरोध गर्दै यो महाधिवेशनले असल राजनीतिक संस्कारको विकास गर्नेमा विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर ३, १४: ११: ०७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ३, १४: ११: ०७

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे
  • २०७८ मंसिर ३, १४: ११: ०७

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव...