December 8, 2021, Wednesday

एमाले महाधिवेशनमा एम्बुलेन्सलाई समेत चुनौती

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनले यतिबेला चितवन सिंगारिएको छ । नेता कार्यकर्ताले चितवन भरिनेक्रम सुरु भएको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट करिब ५ लाख कार्यकर्ता उपस्थित हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण देखिएको छ भने सबैभन्दा बढी जोड ट्राफिक व्यवस्थापनलाई नै दिइएकाे भएपनि एम्बुलेन्स सञ्चालनमा चुनौती देखिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उद्घाटनको विहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म हुने भएकाले सवारी साधनलाइै बीचमै रोकिने व्यवस्था मिलाइएको छ ।

पैदलनै हिँड्नुपर्ने र सवारी प्रवेशमा निषेध गरिएपछि चुनौती देखिएको हो । पूर्वपश्चिम राजमार्ग जोड्ने एकमात्र सडक नारायणी पुल भएकाले एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी आवतजावतमा समस्या हुने प्रशासनले बताएको छ ।

भिडभाड अत्याधिक हुने भएकाले भीआईपी र भीभीआईपी पाहुनाहरूलाई प्रहरीले छुट्टै सवारी मार्गको व्यवस्था मिलाएको छ । प्रधानमन्त्री समेतलाई मार्ग तयार पारिएको र ट्राफिक व्यवस्थापनसहित अन्य पूर्ण सुरक्षालाई समेत ध्यान दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी तामाङ बताए ।

सम्बन्धित समाचार

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ९, १२: ०२: ०२

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, १२: ०२: ०२

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, १२: ०२: ०२

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...