December 8, 2021, Wednesday

कांग्रेस जनताको सुःख दुःखको पार्टी भएको मन्त्री कार्कीको जिकीर


नयाँ विकल्प,
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस जनताको सुःख दुःखको पार्टी भएको बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा बिहिबार कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर ४ मा विभिन्न पदमा विजयी भएका पदाधिकारीलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा उनले कांग्रेसलाई यस क्षेत्रको जनताको दुःख, सुःखको पार्टीको रुपमा स्थापित गर्नका लागि नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे ।

मन्त्री कार्कीले पार्टीलाई आफ्नो मात्र नभइ यस क्षेत्रको जुनसुकै आस्था र विचार बोक्ने व्यक्तिको पनि आस्थाको केन्द्र भएर अगाडि बढाउनुपर्नेमा जोड दिए।

यस क्षेत्रमा नेपाली कांग्रेसलाई बलियो र आउने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा जीत सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

सम्बन्धित समाचार

कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
  • २०७८ मंसिर ९, २३: ०३: ०९

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, २३: ०३: ०९

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, २३: ०३: ०९

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...