December 8, 2021, Wednesday

काठमाडौं र ललितपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु

काठमाडौं । काठमाडौं र ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोप आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिन सुरु गरिएको छ ।

परिवार कल्याण महाशाखाले आइतबारदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई फाइजर खोप दिने निर्णय गरेको जनाएको छ । हिजोसम्म सरकारले १२ वर्ष भन्दा माथिका दीर्घ रोगीलाई खोप लगाएको थियो । हिजोसम्म दीर्घरोगलाई लगाएर मौज्दात रहेको खोप करिब २८ सय स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो ।

त्यस्तै बचत भएको फाइजर खोप त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ५, ११: ४४: ३८

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ५, ११: ४४: ३८

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ५, ११: ४४: ३८

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...