December 8, 2021, Wednesday

गुडिरहेको बसमा आगो लाग्दा ४६ जना यात्रुको मृत्यु

बुल्गेरिया । बुल्गेरियाको एक सडकमा गुडिरहेको बसमा आगलागि हुँदा कम्तिमा ४६ जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेर बस पल्टिएको हो । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । जलेर गम्भीर घाइते भएका ७ जनालाई अस्पताल लगिएको बुल्गेरियाको आन्तरिक मामिला मन्त्रालयको सुरक्षा विभागका प्रमुख निकोलाई निकोलोभले बताए ।

५३ यात्रु सवार बसमा टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा आगो लागेर हो । दुर्घटनामा ज्यान गुमाउनेहरू आफ्ना नागरिक रहेको सोफियास्थित उत्तरी म्यासेडोनियाको दूतावासले जनाएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ७, १२: ४८: ०८

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ७, १२: ४८: ०८

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ७, १२: ४८: ०८

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...