December 8, 2021, Wednesday

घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बैंकका गर्भनर महाप्रसाद अधिकारीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तने आर्थिक संकट रोक्न प्रतिवेदन तयार गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५÷७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । पहिलो पटक सार्वजनिक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको छ ।

कार्यक्रममा गभर्नर अधिकारीले घरजग्गा कारोबारले भविष्यमा निम्त्याउने आर्थिक संकट रोक्न अहिले नै नियमन गर्न लागिएको बताए । घरजग्गा कारोबारलाई थप व्यवस्थित गर्दै नियमन तथा राजश्वको दायरामा ल्याउनको लागि ‘घरजग्गाा मूल्य सर्वेक्षण प्रतिवेदन’ तयार गरिएको उनले जानकारी दिए ।

सर्वेक्षण प्रत्येक तीन तीन महिनामा गरी प्रतिवेदन तयार गर्ने राष्ट्रको बैंक आर्थिक अनुसन्धान विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो
  • २०७८ मंसिर ३, १६: ५०: ०४

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान खुल्ला गरिएको छ । सञ्चार तथा सूचना प्रविधि...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ३, १६: ५०: ०४

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ३, १६: ५०: ०४

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...