December 8, 2021, Wednesday

‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक

नयाँ विकल्प,

काठमाडौं । ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले चलचित्रको २ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।

यो चलचित्र पुस २ गते रिलिज हुँदैछ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् ।

प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका छन् ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ३, २३: ०६: ४५

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ३, २३: ०६: ४५

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ३, २३: ०६: ४५

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...