December 8, 2021, Wednesday

मंगलबार थप ३५१ जनामा कोरोना संक्रमण, २७३ जना निको

काठमाडौं । मंगलाबार थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको मन्त्रालयको तथ्थाकंमा उल्लेख छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट थप २७३ जना निको भएका छन । योसंग नेपालमा कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ८लाख ८ सय ९० जना रहेका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना रहेको र जसमा ६ हजार ८६९जना होम आइसोलेसनमा, ४३१ जना संस्थागत आइसोलेसनमा, २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ७, १६: ५३: ४९

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ७, १६: ५३: ४९

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ७, १६: ५३: ४९

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...