December 8, 2021, Wednesday

महिला हिंसा घरबाटै अन्त्य गर्नुपर्छः मन्त्री उमा रेग्मी

नयाँ विकल्प,

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला हिंसा घरबाटै सुरु भएकाले घरबाटै अन्त्य गर्नुपर्ने बताएकी छन् ।


‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्य गरौँ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान राष्ट्रिय महिला आयोगले काठमाडौँ आयोजना गरेको कार्यक्रममा मन्त्रीले रेग्मीले लैङ्गिक हिंसाका घटनाले राष्ट्रको पहिचान बिगार्न सक्ने त्रास देखिएको बताएकी छन् ।

उनले भनिन्, ‘महिला हिंसाका घटनाले मुलुक इज्जतमा आँच पुर्‍याएको छ,अब नेपाल महिलामाथि हिंसा गर्ने राष्ट्रका रूपमा पहिचान हुन्छ की भन्ने त्रास हामी छौँ ।’ महिलामाथि हुने हिंसामध्ये घरेलु हिंसा दिनप्रतिदिन बढ्दै गएको उनले बताइन नेपालका ४५ प्रतिशत महिलामाथि घरभित्रै हिंसामा परेको उनले सुनाइन् ।

महिला हिंसाविरुद्धको कानुन व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको पनि मन्त्री रेग्मीले जिकिर गरिन् ।

‘महिलासम्बन्धी कानुन कार्यान्वयन गराउन महिला मन्त्रालय राष्ट्रिय महिला आयोग मात्रै अघि बढेर हुँदैन,’ उनले भनिन्, ‘सबै मन्त्रालयसँग समन्वय नै गर्नै छ ।’

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, २१: ४१: १३

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, २१: ४१: १३

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ९, २१: ४१: १३

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...