December 8, 2021, Wednesday

मुलुकको राजनैतिक परिवर्तन गर्न पत्रकारिता जगतको महत्वपूर्ण भूमिकाः काँग्रेस नेता जोशी

काठमाडौं । नेपाली काँग्रेसका नेता राजुराज जोशीले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाई मनकारी सहयोग गरेका छन् । नेता जोशीले समितिका अध्यक्ष श्रीजन झालाई कार्यालय प्रयोजनार्थ भौतिक समाग्री खरिदका लागि आर्थिक सहयोग हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा संक्षिप्त अभिव्यक्ति दिदै नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्र्तगत आगामी १६ गते हुने बागमती प्रदेश सभाको लागि सभापतिको उम्मेदवार समेत रहेका नेता जोशीले मुलुकको प्रत्येक कालखण्डमा भएको परिवर्तनमा पत्रकार र पत्रकारिता जगत्ले निर्वाह गर्दै आएको भूमिका आफैंमा महत्वपूर्ण रहेको बताए ।

पछिल्लो समय आफ्नो तर्फबाट महासंघको उपत्यका प्रदेश समितिको लागि केहि सहयोग गर्न पाउँदा सुखानुभूति भएको बताए । साथै उनले भविष्यमा पनि आफ्नो तर्फबाट सधैं सहयोग र सद्भाव रहने बताए ।

लोकतान्त्रिक मूल्यमान्यता बोकेको नेपाली काँग्रेसभित्र रहेर राजनीतिक जीवनमा भएका मेरा कमीकमजोरीलाई स्वस्थ आलोचना गर्दा आफुलाई कुनै आपत्ति नहुने बताए । पत्रकारिता जगत्ले राजनीतिक दललाई समेत सधैं आँखा खोलिदिनुपर्ने उनले औंल्याए ।

उक्त कार्यक्रममा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष एवम् लामो समयदेखि क्रियाशिल पत्रकारिता गर्दै आएका दामोदर प्रसाद दवाडीले मुलुकको राजनैतिक परिवर्तन गर्न उपत्यकाका स्वरोजगार सञ्चारमाध्यमको उल्लेखनीय भूमिका भएको बताए । अध्यक्ष दवाडीले काँग्रेस नेता जोशीले नागरिक समाजमा अगुवा संस्थालाई जोशीले गरेको सहयोग महत्वपूर्ण भएको बताए ।

केही राजनीतिक दलहरुले नेपाली पत्रकारिता जगत्लाई सधैं विपक्षीको आँखाले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने औंल्याए । मुलुकमा पटक पटक सरकार परिवर्तन भएपनि नेपाली सञ्चारमाध्यमलाई हेर्ने दृष्टिकोण सबै राजनीतिक दलको एउटै रहेको बताए ।

उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाको सभापतित्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा समितिका अध्यक्ष झाले नेता जोशीले समितिलाई सहयोग गर्न देखाएको सदिच्छा आफैमा तारिफयोग्य भएको भन्दै सहयोगका लागि आभार सहित उनको वर्तमान र भविष्यको राजनैतिक यात्राको सफलताको कामना गरे ।

मुलुक संघीय संरचनामा गएसंगै अस्तित्वमा आएको महासंघको प्रादेशिक संरचना अन्र्तगत करिव ७० प्रतिशत भन्दा क्रियाशील पत्रकारहरुको पेशागत कार्यथलो रहेको काठमाडौं उपत्यकामा रहेको पेशागत संगठन उपत्यका प्रदेश समितिमा उपत्यकाका दुइ हजार पाँच सय भन्दा बढि पत्रकार सदस्यहरु आवद्ध रहेका छन् ।

कार्यक्रममा समितिका महासचिव टेनिस रोका लगायत पदाधिकारी र कार्य समितिका सदस्यहरुको उपस्थिती रहेको कार्यसमिति सदस्य प्रवीन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, १७: ३१: ३७

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, १७: ३१: ३७

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ९, १७: ३१: ३७

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...