December 8, 2021, Wednesday

यूरोपमा सरकारविरूद्ध व्यापक प्रदर्शन

काठमाडौं । कोभिड संक्रमण पुनः फैलिएपछि यूरोपका विभिन्न देशले प्रतिबन्धात्मक व्यवस्था लागू गरेसँगै सरकारविरोधी प्रदर्शन भइरहेका छन् ।

सरकारले लगाएको प्रतिबन्धविरुद्ध स्वीट्जरल्यान्ड, क्रोयसिया, इटाली, उत्तरी आयरल्यान्ड र नेदरल्यान्ड्समा सरकारविरोधी अधिक प्रदर्शन भएका हुन् । अस्ट्रियामा देशव्यापी लकडाउन घोषणा भएपछि राजधानी भियनालगायतका सहरहरूमा जनप्रदर्शन भएका छन् ।

खोप नलगाएका व्यक्तिलाई भिड हुने क्षेत्रमा जान रोक लगाएपछि सर्वसाधारण नागरिक आक्रोशित भएका हुन् । नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शनले उग्र रुप लिएको छ भने प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा सात जना घाइते भएका छन् ।

इटालीमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा नागरिक प्रदर्शनमा उत्रिएका छन् । सरकारले खोप नलगाएका व्यक्तिलाई रेस्टुराँ, खेल मैदान, सिनेमा, रेल, जिम हललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

यता क्रोएसियामा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा दशौं हजार मानिस सडकमा उत्रिएका छन् ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ५, १६: ५३: १७

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ५, १६: ५३: १७

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ५, १६: ५३: १७

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...