December 8, 2021, Wednesday

राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले समग्र राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित १० औं राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा मुलुकको आर्थिक बिकासको महत्वपूर्ण क्षेत्र रहेको राजस्व प्रणालीमा सुधार गर्ने प्रयास भइरहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

मन्त्री शर्माले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको भन्दै सार्वजनिक गर्न राजस्व कार्यालयलाई निर्देशन पनि दिए । पछिल्लो समय करतादाहरुको धेरै गुनासो आएको भन्दै त्यस्ता गुनासाहरु सम्बोधन गर्न छुट्टै इकाई स्थापना गरिने उनले बताए ।

राज्य र जनता केन्द्रित नीति बनाउँदा कतिपय उद्योगी व्यवसायीहरुले व्यक्तिगत आक्षेप लगाउँदै शक्तिकेन्द्र धाउन थालेको भन्दै मन्त्री शर्माले राष्ट्र र जनताको हित हुने निर्णयबाट पछि नहट्ने स्पष्ट पारे । त्यस्तै अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई औपचारीक क्षेत्रमा ल्याउन नीतिगत सुधार गरिने बताए ।

कार्यक्रममा विभिन्न संस्था, कम्पनी र ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कम्पनीतर्फ नेपाल टेलिकम सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । यस्तै बैंकिङ समूहमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ भने लघुवित्ततर्फ छिमेक लघुवित्त सम्मानित भएको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणालाई सम्मान गरिएको छ । निर्यात उद्योगमा डाबर नेपालले सबैभन्दा बढी कर बुझाएर सम्मान भएको छ ।

विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एशियन पेन्ट्स परेको छ । कृषि तथा पशुजन्यमा पूर्वाञ्चल एग्रिटेक सम्मानित भएको छ । वस्तु व्यापारमा भाटभटेनी, अस्पतालमा नोबेल हस्पिटल, पर्यटनमा तारागाउँ रिजेन्सी र ऊर्जामा हिमाल पावरले बढी कर तिरेर सम्मानित भएका छन् ।

सबैभन्दा बढी कर दाखिला गर्नेमा सूर्य नेपालले सम्मान पाएको छ । भ्याट समयमा बुझाएर घोराही सिमेन्टले सम्मान पाएको छ । मध्यमस्तरको करदाता कार्यालयबाट सबैभन्दा बढी कर बुझाउने कर्जा सूचना केन्द्रले सम्मान पाएको छ ।

भिडियाे…

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
कांग्रेस महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक (सूचीसहित)
  • २०७८ मंसिर १, १५: ३३: ५६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले ४ हजार ३...

कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
कांग्रेसमा छुट्टाछुट्टै बैठक, चुनावका लागि प्यानल बनाउने तयारी
  • २०७८ मंसिर १, १५: ३३: ५६

काठमाडौं । नेपाली कांग्रेसमा सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति अझै जुट्न सकेको छैन । मंगलबारको...

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर १, १५: ३३: ५६

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...