December 8, 2021, Wednesday

राेल्पा बस दुर्घटना अपडेटः मृतकहरुको पहिचान खुल्यो

रोल्पा । बिहिबार रोल्पामा भएको बस दर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत भएको छ । दाङको घोराहीबाट थबाङ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका ६ बजेतिर माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङमा दुर्घटना भएको थियो । बस स्थानीय जलजला होटल नजिकै सडकबाट करिब १ सय फिट तल खसेको थियो ।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय वीरमान बुढामगर, परिवर्तन गाउँपालिका–६ का ५० वर्षीय कुमार पुनमगर, परिवर्तन गाउँपालिका–१ का २९ वर्षीय दीपक रोकामगर र त्रिवेणी गाउँपालिका–४ की १८ वर्षीया पुष्पा घर्तीमगर रहेका छन् । वीरमान बसका चालक र मालिक हुन ।

बिहिबारको बस दुर्घटनामा सुरुमा १७ जना मात्रै घाइते भएको ठहर प्रहरीले गरेको थियो । घाइतेहरुको खोजी गर्दा राति दुई जना फेला पारेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ५ जना मध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरु पाँचै जनालाई भैरहवास्थित मेडिकल कलेजमा थप उपचारको लागि र्र्र्र्पुयाइएको छ । ११ जनालाई रोल्पा अस्पतालमा उपचारपछि आजै डिस्चार्ज गर्ने बताइएको छ । अन्य तीन जनालाई सामान्य उपचारपछि घर पठाइएको छ ।

रोल्पा प्रहरीले सडक अत्यधिक साँधुरो र भत्किएकाले दुर्घटना भएको बताएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ३, १२: ५८: १६

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ३, १२: ५८: १६

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ३, १२: ५८: १६

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...