December 8, 2021, Wednesday

शेयर बजार ३२ अङ्कले घट्यो

नयाँ विकल्प,

काठमाडौं – बिहीवार शेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्से आज ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ कम्पनीका ९८ लाख ६२ हजार कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल टेलिकमको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ । आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर २, २०: ५५: ३८

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर २, २०: ५५: ३८

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर २, २०: ५५: ३८

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...