December 8, 2021, Wednesday

सेनालाई पाँच थान ट्रक सहयोग


नयाँ विकल्प,

काठमाडौं -नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा विहिबारआयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई यहाँस्थित भारतीय दूतावासका सैनिक सहचारी कर्णेल अमित शर्माले ती ट्रक हस्तान्तरण गरेका हुन् ।

नेपाल–भारत द्विपक्षीय परामर्श समूहको विसं २०७५ मङ्सिरमा काठमाडौँमा सम्पन्न १३ औँ बैठकमा भएको सहमतिअनुरुप ती साधन हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले यस्ता सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप प्रगाढ हुनुका साथै सेनाको कार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।

सम्बन्धित समाचार

च्याम्पियन्स लिगमा आज राति८ खेल
च्याम्पियन्स लिगमा आज राति८ खेल
  • २०७८ मंसिर ९, २२: ४५: १२

नयाँ विकल्प, काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी...

विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
विश्वका प्रभावशाली एक सय महिलाको सूची सार्वजनिक
  • २०७८ मंसिर ९, २२: ४५: १२

नयाँ विकल्प, काठमाडौं । विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा...

अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
अमेरिकाले शीतकालीन ओलम्पिक बहिष्कार गरे मूल्य चुकाउनु पर्ने चीनको चेतावनी
  • २०७८ मंसिर ९, २२: ४५: १२

नयाँ विकल्प, काठमाडौं – अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कुटनीतक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनको विदेश मन्त्रालयले...